भैरहवामा डिसिएको लगातार दोस्रो जित

हिमालय टाइम्स
Read Time = 2 mins

धनगढी । भैरहवामा जारी खड्गप्रसाद गौचन मेमोरियल यू-१९ क्रिकेट प्रतियोगितामा धनगढी क्रिकेट एकेडेमी(डिसिए)ले लगातार दोस्रो जित हात पारेको छ । आइतबार भएको खेलमा डिसिएले काठमाडौंको एक्सिलेन्स क्रिकेट एकेडेमी(सिइसी)लाई ८ रनले पराजित गरेको हो ।

डिसिएले दिएको ८९ रनको लक्ष्य पछ्याएको सिइसी २०.५ ओभरमा सबै विकेट गुमाएर ८१ रनमा समेटियो । सिइसीका लागि ओमकर यादवले ३४ तथा सिद्धान्त साउद र स्मिथ बुढाले समान १४–१४ रन बनाउनुभयो । डिसिएका निरज ऐर, दिनेशराज जोशी र निशान्त रेग्मीले समान २-२ विकेट लिनुभयो ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको डिसिएले २०.१ ओभरमा सबै विकेट गुमाएर ८८ रन बनाएको थियो । डिसिएका आशिष लुहारले १७ र निरज ऐरले १४ रन जोड्नुभयो ।

सिइसीका किरण घर्तीमगरले ४ तथा ओमकार यादव र शिवाकर श्रेष्ठले समान २–२ विकेट लिनुभयो । डिसिएले यसअघि शनिबार भएको खेलमा बुटवलको न्यु होइजन एकेडेमीलाई पराजित गरेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?