कात्तिक २४ मा ‘फाटेको जुत्ता खै ?’

Read Time = 2 mins

काठमाडौं । चलचित्र ‘फाटेको जुत्ता खै ?’ कात्तिक २४ मा सिनेमाघरमा आउने भएको छ । अर्जुन कुमारको अर्जुन कुमार प्रोडक्शनले निर्माण गर्न लागेको चलचित्र ‘फाटेको जुत्ता खै ?’ आगामी कात्तिक २४ गते सार्वजनिक गरिने निर्माण पक्षले जनाएको हो ।

‘फाटेको जुत्ता’ पाँच वर्षअगाडि कात्तिक ३ गते सिनेमाघरमा आएको थियो । कात्तिक महिना ‘फाटेको जुत्ता खै ?’ का लागि लक्की महिना भएको भन्दै निर्माता अर्जुन कुमारले कात्तिक २४ गते चलचित्र प्रदर्शनमा ल्याएने निर्णय गरेको बताउनुभयो । एनआरएनए दुबईका अध्यक्ष ठाकुरप्रसाद ढुंगाना र एनआरएनए केन्द्रीय उपाध्यक्ष धर्मराज अधिकारीसँग मिलेर अर्जुन कुमारले यो चलचित्र निर्माण गर्न लाग्नुभएको हो ।

चलचित्रमा सौगात मल्ल र ऋचा शर्माको मुख्य भूमिका रहनेछ । चलचित्रको निर्देशन निकेश खड्काले गर्ने बताइएको छ । निकेशले अर्जुन कुमार कै चलचित्र ‘फाटेको जुत्ता’ निर्देशन गर्नुभएको थियो । त्यसैको निरन्तरतामा ‘फाटेको जुत्ता खै ?’ निर्माण हुन लागेको हो ।

आकाश बरालको कथामा चलचित्र निर्माण हुनेछ भने संगीत प्रवेश मालिकको रहने जनाइएको छ । वैशाखमा छायांकन सुरु हुने चलचित्रलाई दुबईका वितरक रमेश ढकालले मिडलिस्ट देशमा वितरण जिम्मा लिनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?