काठमाडौं । कृषि विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा गोविन्द गुरुङ नियुक्त हुनुभएको छ । बैंक सञ्चालक समितिले शनिबार गुरुङलाई नियुक्त गरेको हो । अनिल उपाध्याय कार्यकाल पूरा गरेर अवकाश भएपछि सिइओ पद रिक्त थियो ।
गुरुङले यसअघि सिभिल बैंक, म्यानमारको म्यानमार सिटिजन्स बैंकमा सिइओ भएर काम गरिसक्नुभएको छ । उहाँ खुला प्रतिस्पर्धाबाट म्यानमार सिटिजन्स बैंकको सिइओमा नियुक्त हुनुभएको थियो ।
नेपाली र विदेशी गरेर आधा दर्जन बढी बैंकमा २७ वर्ष काम गरिसक्नुभएका गुरुङले हिमालयन बैंकबाट बैंकिङ करियर सुरु गर्नुभएको थियो । कृषि विकास बैंकको बैंकको सिइओका लागि २२ जनाले आवेदन दिएका थिए भने पाँचजनाको नाम सर्टलिष्ट गरिएको थियो । गुरुङसँगै प्रताप सुवेदी, यज्ञप्रकाश न्यौपाने, बद्री गुरागार्इं र विष्णुदेव यादव सर्टलिष्टमा रहनुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच