काठमाडौं । नेपाल राष्ट्र बैँकले सोमबारको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।
जसअनुसार आज अमेरिकी डलरको खरिददर १३२ रुपैयाँ २४ पैसा र बिक्रीदर १३२ रुपैयाँ ८४ पैसा तोकिएको छ भने युरोपियन युरो एकको खरिददर १४१ रुपैयाँ ४२ पैसा र बिक्रीमा १४२ रुपैयाँ ७ पैसा रहेको छ ।
सोमबार अष्ट्रेलियन डलर एकको खरिदमूल्य ९० रुपैयाँ ९८ पैसा र बिक्रीमूल्य ९१ रुपैयाँ ३९ पैसामा कारोबार भैरहेको छ ।
उता, साउदी अरेबियन रियालको खरिददर ३५ रुपैयाँ २६ पैसा र बिक्रीमा ३५ रुपैयाँ ४२ पैसा तोकिएको छ भने कतारी रियालको खरिदमा ३६ रुपैयाँ १० पैसा तथा बिक्रीदर ३६ रुपैयाँ २७ पैसा र मलेसियन रिंग्गेट एकको खरिददर २९ रुपैयाँ ८४ पैसा र बिक्रीमूल्य २९ रुपैयाँ ९७ पैसा कायम गरिएको छ ।
यसैगरी साउथ कोरियन वन १०० को खरिदमा १० रुपैयाँ २० पैसा र बिक्रीमा १० रुपैयाँ २५ पैसा, हङकङ डलर एकको खरिदमा १६ रुपैयाँ ८६ पैसा र बिक्रीमा १६ रुपैयाँ ९३ पैसा, कुवेती दिनार एकको खरिददर ४३१ रुपैयाँ ७६ पैसा र बिक्रीमा ४३३ रुपैयाँ ७२ पैसा र बहराइन दिनार एकको खरिदमा ३५० रुपैयाँ ७७ पैसा र बिक्रीमा भने ३५२ रुपैयाँ ३६ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच