२० लाख भन्दा मुनिको ऋण मिनाहा हुनुपर्छः दुर्गा प्रसाई

हिमालय टाइम्स
Read Time = 3 mins

भैरहवा । समाजसेवी तथा व्यवसायी दुर्गा प्रसाईले २० लाख भन्दा मुनिको ऋण मिनाहा हुनुपर्नेलगायतका विभिन्न माग गर्दै भैरहवामा सभा गर्नुभएकाे छ ।

राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानको संयोजकत्व गरेका प्रसाईले भैरहवामा सम्बोधन गर्दे १ करोड युवा देशबाहिर रहेको देशको पैसा जति ५५ व्यापारी र १० जना नेताले बाहिर लगेको आरोप लगाउनुभयाे ।

देशमा भएका युवाहरु मध्ये पनि लघुवित्त र सहकारीले खेदेको र त्यसबाट पनि बचेका युवाहरु माानसिक तनावमा आई पूर्व हिड्नुको साटो पश्चिम हिडिरहेका अवस्था रहेको उहाँको भनाइ छ  ।

राष्ट्र र राष्ट्रियताको संरक्षण र सबलीकरण गर्ने, सनातन धर्मको संरक्षण र सम्बर्द्धन गर्ने, भ्रष्टाचार नियन्त्रण गर्ने र सुशासन कायम राख्ने, आर्थिक विकृति, विसंगति विरुद्ध सशक्त ढंगले आवाज उठाउदै सो अभियान जारी राखने उहाँले जानकारी दिनुभयाे ।

उहाँकाअनुसार देशका व्यवसायीहरु आर्थिक संकटमा परेका बेला उनीहरुलाई उद्योग व्यवसाय सञ्चालन गर्ने वातावरण नरहेको भन्दै व्यवसायीमैत्री वातावरण बनाउन प्रसाईको माग छ ।

आम नागरिकलाई गणतन्त्र नलागेको तर  व्यापारी र नेताहरुलाई गणतन्त्र लागेकोले उनिहरुले नै देश सक्न  लागेको उहाँको आराेप छ ।

उहाँले देशका जनताको हितमा लागेर अभियान गर्दा कारवाही भोग्नु परेको बताउदै कुनै पार्टीको झोले र गुलाम भएर नहिड्नेसमेत बताउनुभयाे ।

'हाम्रो अभियानको उद्देश्य नै संघीयता खारेज, हिन्दु राज्य, २० लाख भन्दा मुनिको ऋण मिनाहा, २० लाख भन्दा माथीको ऋणमा ४ देखि ६ प्रतिशत व्याजदर, लघुवित्त र सहकारी बन्दलगायतको माग रहेको छ' उहाँले भन्नुभयाे ।

संसारमै नभएको कर नेपालमा रहेको उल्लेख गर्दै उहाँले उद्योग वाणिज्य संघहरु पनि पिडितको पक्षमा नआएको आरोप लगाउनुभयाे ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?