मायादेवी गाउँपालिकामा हिउँदे अधिवेशन सम्पन्न

चन्द्रकान्त खनाल रुपन्देही, संवाददाता
Read Time = 2 mins

रुपन्देही । रुपन्देहीको मायादेवी गाउँपालिकामा हिउँदे अधिबेशन सम्पन्न भएको छ । अधिबेशनले हाल सम्म भएको प्रगति प्रतिबेदन पेश गरेको छ । चालू आर्थिक बर्षमा छुटाएको कुल बजेट मध्ये हाल सम्म पुँजीगत र चालू तर्फ खर्च भएको सार्बजनिक गरिएको छ ।

शिक्षा,स्वास्थ्य,कृषि,पर्यटन क्षेत्रको बिकास संगै नीति निर्माण,योजना संशोधन,योजना कार्यान्वयन सहित पालिकालाई समृद्धि बनाउने तर्फ केन्द्रित भएको प्रस्तुत प्रतिवेदन मार्फत गाउँपालिकाका अध्यक्ष धुव्रनारायण चौधरीले बताउनु भयो।

पर्यटन क्षेत्र संगै भौतिक पुर्बाधारका कामले निरन्तरता पाएको जिकिर गर्दै चुनावको बेला बाचा गरेका योजनाले मुर्त रुप लिने अध्यक्ष चौधरीले वताउनु भयो । अध्यक्ष चौधरीले गाउँपालिकालाई नमुना पालिका बनाउन सबैको सहयोग र साथ आवश्यक रहेको उल्लेख गर्नु भयो ।

पालिकाको सभाहलमा भएको कार्यक्रममा मायादेवी गाउँपालिका वडा न.१ देखि ८ सम्मका जनप्रतिनिधिहरु,कर्मचारी सुरक्षाकर्मी तथा पत्रकारहरुको उपस्थिति रहेको थियो ।सभामा पालिकाका प्रवक्ता तथा वडा न.७का वडाअध्यक्ष शैलेन्द्रकुमार पाण्डेको स्वागत तथा प्रमुख प्रशासकिय अधिकृत सुरेश भण्डारीको सन्चालन गर्नु भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?