सामुदायिक विद्यालयका कर्मचारीको गुनासो

Read Time = 2 mins

काठमाडौं । सम्पूर्ण सामुदायिक विद्यालयका कर्मचारीहरू एक हौँ भन्ने नाराका साथ सोमबारदेखि नेपाल विद्यालय कर्मचारी परिषद्को तेस्रो अधिवेशन काठमाडौंमा सुरु भएको छ । कार्यक्रम उद्घाटन गर्दै निवर्तमान शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री शिशिर खनालले सामुदायिक शिक्षाको अवस्था दयनीय रहेको भन्दै सामुदायिक विद्यालयको शिक्षामा सुधार नगरेसम्म देशको सुधार हुन नसक्ने बताउनुभएको छ ।

नीतिगत समस्याका कारण शिक्षामा लगानीअनुसारको प्रतिफल प्राप्त हुन नसकेको पनि उहाँले बताउनुभयो । मुलुकको विद्यमान आर्थिक अवस्थाले नेपालमा निःशुल्क शिक्षा सम्भव नभए पनि लोकप्रियताका लागि निःशुल्क शिक्षाको कुरा गर्ने तर कार्यान्वयन भने गर्न नसक्ने अवस्थाको मारमा सम्बद्ध शिक्षक, कर्मचारी, विद्यार्थीहरू पर्दै आएको उहाँको भनाइ छ । उहाँले विद्यालय कर्मचारीले न्यून पारिश्रमिकमा धेरै काम गर्नुपरिहेको भन्दै विद्यालय कर्मचारीको सेवा सुविधामा राज्यले ध्यान दिनुपर्ने बताउनुभयो ।

परिषद्का अध्यक्ष गंगाराम तिवारीले २०७५ सालको शिक्षा नीतिअनुसार शिक्षा ऐन बन्न सकेमात्रै शिक्षामा आमूल परिवर्तन हुनसक्ने बताउनुभयो । उहाँले विद्यालय कर्मचारीको श्रम शोषण भइरहेको भन्दै विद्यालय कर्मचारीका अधिकारका लागि बोलिदिने कोही नभएको गुनासोसमेत गर्नुभयो । अधिवेशन मंगलबारसम्म चल्ने परिषद्ले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?

JUST IN
सरकारी अभिलेख नष्ट हुन नदिन डिजिटलाइजेसन गर्दैछौँ : अर्थमन्त्री डा. वाग्ले कोलम्बिया भूकम्प : मृतकको संख्या १३२ पुग्याे निजी क्षेत्रको वातावरणमैत्री यातायातमा अग्रसरता प्रशंसनीय : प्रहरी महानिरीक्षक कार्की अटोमोबाइल क्षेत्रमा नीतिगत स्थिरता आवश्यक : नाइमा अध्यक्ष वैद्य लक्ष्य भन्दा माथि राजस्व संकलन गर्दै इलामको यातायात कार्यालय नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ सुरू सुनको मूल्य छ हजार चार सयले बढ्यो, आज प्रतिताेला कतिमा हुँदैछ काराेबार… विद्युतीय सवारीका लागि १० वर्षे स्थिर नीति र पूर्वाधार निर्माण गर्न यातायात… अटोमोबाइल क्षेत्रलाई प्राथमिकतामा राख्न परिसंघको आग्रह, पुँजीगत खर्च बढाउन जोड अटोमोबाइल क्षेत्र अर्थतन्त्रको मेरुदण्ड, उपभोगको क्षेत्र मात्र ठान्नु गलत : अध्यक्ष अग्रवाल