तथ्याङक भन्छ- खोटाङमा एसईईमा विधार्थी घट्यो, नतिजा बढ्यो

चिसाङ शेर्पा खोटाङ, संवाददाता
Read Time = 6 mins

खोटाङ । खोटाङमा दुई शैक्षिक सत्रको एसईई नतिजा हेर्दा विधार्थी घट्दै गएको र नतिजा भने बढेको पाईएको छ । जिल्लाभरीको सामुदायिक र संस्थागत विद्यालयको शैक्षिक सत्र २०७८ र २०७९ को एसईई नतिजालाई तुलना गर्दा यस्तो पाईएको हो ।

शैक्षिक सत्र २०७८ मा जिल्लाभरीबाट साधारण र प्राविधिकधारसहित ३ हजार ४९४ जनाले एसईई परीक्षा दिए । तर, शैक्षिक सत्र २०७९ मा साधारण र प्राविधिक धारमै ३ हजार ८९ जनाले मात्रै एसईई परीक्षा दिए । तथ्याङक अनुसार शैक्षिक सत्र २०७९ मा आएर ४०५ जना विधार्थी ह्वात्तै घटेको पाईयो ।

शैक्षिक सत्र २०७८ मा साधारणतर्फ ४५ जनाले ए प्लस नतिजा ल्याउँदा प्राविधिक धारमा ए प्लसमा नतिजा शुन्य आयो। शैक्षिक सत्र २०७९ मा १४० जनाले ए प्लस नतिजा ल्याउँदा प्राविधिक धारमा २ जनाले ए प्लस नतिजा ल्याएको तथ्याङकले बताउँछ ।

शैक्षिक सत्र २०७८ मा साधारणतर्फ १४१ जनाले ए ग्रेडमा नतिजा ल्याउँदा प्राविधिक धारमा २३ जनाले ए ग्रेड नतिजा ल्याए । शैक्षिक सत्र २०७९ मा ८७ जनाले ए ग्रेड नतिजा ल्याउँदा प्राविधिक धारमा ३३ जनाले ए ग्रेड नतिजा ल्याए ।

साधारणतर्फ शैक्षिक सत्र २०७८ मा ११२ जनाले बि प्लस नतिजा ल्याउँदा प्राविधिक धारमा ४४ जनाले बि प्लस नतिजा ल्याए । शैक्षिक सत्र २०७९ मा २१२ जनाले बि प्लस नतिजा ल्याउँदा प्राविधिक धारतर्फ ६१ जनाले बि प्लस नतिजा ल्याएको देखिन्छ।

शैक्षिक सत्र २०७८ मा साधारणतर्फ ३२९ जनाले बि ग्रेडमा नतिजा ल्याउँदा प्राविधिक धारमा १७ जनाले बि ग्रेडमा नतिजा ल्याए । शैक्षिक सत्र २०७९ मा ४६४ जनाले बि ग्रेड नतिजा ल्याउँदा प्राविधिक धारतर्फ १८ जनाले बि ग्रेड नतिजा ल्याए । यस्तै, साधारणतर्फ शैक्षिक सत्र २०७८ मा एक हजार ९५ जनाले सि प्लस नतिजा ल्याउँदा प्राविधिक धारमा १ जनाले सि प्लस नतिजा ल्याए । शैक्षिक सत्र २०७९ मा ९७८ जनाले सि प्लस नतिजा ल्याउँदा प्राविधिक धारतर्फ २ जनाले सि प्लस नतिजा ल्याएको तथ्यांकमा देखिन्छ ।

तथ्यांक अनुसार शैक्षिक सत्र २०७८ मा ए प्लसमा नतिजा कमजोर तर, अन्य ग्रेडमा नतिजा सुधार भएको देखिन्छ । तर, शैक्षिक सत्र २०७९ मा ए प्लसमा नतिजा बढेर गएको र अन्य ग्रेडमा नतिजा घट्दै गएकाले एसईईको नतिजा सुध्रिदै गएको शिक्षा विकास तथा समन्वय इकाई खोटाङको तथ्यांकले बताउँछ ।

एसईईमा संस्थागत विद्यालयका विधार्थी प्रथम

शैक्षिक सत्र २०७९ को एसईई नतिजा अनुसार जिल्लाभर संस्थागत विद्यालयकै विधार्थी जिल्ला टप (प्रथम) भएको देखिन्छ । दिक्तेल अंग्रेजी बोर्डिङका प्रतिक गुरागाँई जिल्ला टप हुनुभयो । गुरागाँईले ३.९५ जिपिए ल्याउनुभयो ।

सरस्वती मावि दिक्तेलकी कोपिला आचार्य, क्रिमिका आचार्य, लक्ष्मी आचार्य, निरुता थापा, रोशनी मगर, सलिना राई, सिजन बस्नेत, युनिक ढुङगाना, माउण्ट एभरेष्ट बोर्डिङका अनिल पुरी, बेदना राई, झरना गुरुङ, लक्ष्मी राई, रोजिना तामाङ, दिक्तेल अंग्रेजी बोर्डिङका अंकिता गुरुङ, इशान तामाङ, गंगा योगी, गौरव श्रेष्ठ, जमुना योगी, कल्याण राई, खुशी वजिमय, कृति श्रेष्ठ, लिजा राई, निशान राई र प्रशान्त गुरुङ जिल्लाभर दोश्रो हुनुभएको थियो । दोश्रो हुनेहरुले समान ३.९० जिपिए ल्याए ।

सरस्वती मावि दिक्तेलका दिपसन राई, खुश्बु कटुवाल, निरोज मोते, प्रकृति जोशी, प्रन्जिला ढकाल, रसिका आचार्य, शुसिल राई, स्वस्तिका सुवेदी, तुलस राई, माउण्ट एभरेष्ट बोर्डिङका आभाष राई, खुशी विक, किरण कही बस्नेत, सागर खड्का, स्नेहा ढकाल, शुसन राई, भाष्कर कार्की, दिक्तेल अंग्रेजी बोर्डिङका एक्सन रसाईली, हेमन खत्री, प्रसल राई, सनिज दाहाल, यलसन राई र युमासाम राई जिल्लाभर तेश्रो हुनुभएको हो । तेश्रो हुनेहरुले समान ३.८५ जिपिए ल्याउनु भएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?