मनकामना दर्शनद्वारा गाउँपालिकालाई ट्र्याक्टर

Read Time = 1 min

काठमाडौं । मनकामना दर्शन प्रालिले शहीद लखन गाउँपालिकालाई वडा २ र ३ को फोहोर व्यवस्थापन कार्यका लागि एक थान महिन्दा ट्र्याक्टर हस्तान्तरण गरेको छ । हाइड्रोलिक ट्रेलर कुरिनटारस्थित अग्नि इनकर्पोरेटेड प्रालिको कार्यालय परिसरमा एक कार्यक्रमबीच कम्पनीका निर्देशक राजेशबाबु श्रेष्ठले गाउँपालिका अध्यक्ष रमेशबाबु थापालाई ट्र्याक्टर हस्तान्तरण गर्नुभएको हो ।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष, वडा २, ३ र ४ का वडाध्यक्ष, फोहोरमैला व्यवस्थापनका समितिका अध्यक्ष तथा सदस्यलगायतको उपस्थिति रहेको थियो । ट्र्याक्टरबाट मनकामना क्षेत्रको फोहोर व्यवस्थापन र पर्यावरणमा सहयोग पुग्ने कम्पनीले विश्वास लिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?