साधुसन्तको बिदाइ

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । महाशिवरात्रिको अवसरमा पशुपतिनाथ मन्दिरमा दर्शनका लागि आएका साधुसन्तको बिदाइ गरिएको छ । पशुपति क्षेत्र विकास कोषले सोमबार छिमेकी देश भारतसहित अन्य मुलुकबाट आएका साधुसन्तहरूलाई दक्षिणासहित बिदाइ गरेको हो । साधुसन्तलाई कम्तीमा दुईसय रुपैयाँदेखि नौ हजार दुई सय रुपैयाँसम्म दक्षिणा दिएर बिदाइ गरेको पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक घनश्याम खतिवडाले जानकारी दिनुभयो । सामान्य माग्दै हिँड्नेलाई दुई सयदेखि सुरु गरेर नागा बाबासम्मलाई छुट्टाछुट्टै दरले बढीमा नौ हजार दुईसय रुपैयाँसम्म दक्षिणा दिएर बिदाइ गरिएको उहाँले बताउनुभयो । दक्षिणा साधुहरूकोे सम्मानको संकेत रहेको भन्दै उहाँहरूलाई सबैले सधैँ सम्मानजनक व्यवहार गर्नुपर्ने उहाँको भनाइ छ ।

शिवरात्रिका बेला साधुहरूले भक्तजनबाट पनि दक्षिणा पाएको र कोषको तर्फबाट पनि दक्षिणा दिएर बिदाइ गरिएको उहाँले बताउनुभयो । साधुसन्तहरूलाई कोषले एउटा रुद्राक्षको मालासहित बिदाइ गरेको छ । महाशिवरात्रिमा पशुपतिनाथ दर्शनका लागि छिमेकी देश भारतसहित अन्य मुलुकबाट पनि साधुसन्तहरू नेपाल आएका थिए । साधुसन्तको दक्षिणाका लागि कोषले आठ लाखदेखि १० लाखसम्म छुट्टाइएको थियो । यसपालि पशुपतिनाथमा आउने साधुसन्तको संख्या बढेको कोषले जनाएको छ ।

यसैगरी, महाशिवरात्रिका अवसरमा पशुपतिनाथमा संकलन भएको भेटीको गणना कार्य पनि आइतबारबाट सुरु भएको खतिवडाले जानकारी दिनुभयो । उहाँका अनुसार गणना सक्न अझै पाँच-६ दिन लाग्नेछ । यही फागुन ६ गतेको महाशिवरात्रिमा कम्तीमा १५ लाख भक्तजन पशुपति मन्दिर पुगेका र सात लाख जनाले मूल मन्दिरको नै दर्शन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?