कमलामाई नगरपालिका भित्रका संरचनालाई अपाङ्गगतामैत्री बनाउन अनुरोध

Read Time = 4 mins

-राधिका बुढाथोकी

सिन्धुली । सिन्धुली अपाङ्ग महिला संघ सिन्धुलीले अपाङ्गतामैत्री भौतिक संरचना निर्माण गर्न पहल गरेको छ । कमलामाई नगरपालिकाभित्र बनाइएका तथा बन्दै गरेका सम्पूर्ण संरचना र सार्वजनीक स्थलहरु अपाङ्गतामैत्री बनाउन पहल गरेको हो ।

सोमबार सिन्धुली अपाङ्ग महिला संघ सिन्धुलीकी अध्यक्ष दिलकुमारी देवकोटा (दीपा) ले भौतिक संरचना तथा संचार सेवा निर्देशिका २०६९ अनुरुप संरचना निर्माण गर्न निर्देशिकासहित सम्बन्धित निकायमा अनुरोधपत्र बुझाउनु भयो ।

उहाँले कमलामाई नगर प्रमुख उपेन्द्र पोख्रेल, उपप्रमुख मञ्जु देवकोटा र सिन्धुली अस्पताल विकास समितिका अध्यक्ष प्रल्लाद पोख्रेललाई अनुरोध पत्र बुझाउनु भएको हो ।

नगरभित्र बनाइएका र बन्दै गरेका सम्पूर्ण भौतिक संरचना, सरकारी तथा गैरसकारी संरचना र सार्वजनिक स्थलहरु सरकारले व्यवस्था गरे अनुरुप अपाङ्गतामैत्री बनाउनु पर्ने पत्रमा उल्लेख छ । यस्तै, उपयुक्त संरचना भएमा अपाङ्गता भएका, ज्येष्ठ नागरिक, गर्भवती, बालबालिका र भर्खरै दुर्घटनामा परेका व्यक्तिहरुको सहज पहुँच हुने भनिएको छ ।

पत्र बुझ्दै सिन्धुली अस्पताल विकास समितिका अध्यक्ष प्रल्लाद पोख्रेलले निर्माणधीन अस्पतालसहितको संरचना पूर्ण रुपमा अपाङ्गतामैत्री बन्ने बताउनु भयो । यस्तै, नगर प्रमुख उपेन्द्र पोख्रेल र उपप्रमुख मञ्जु देवकोटाले सबैको पहुँच पुग्नेगरी सेवा प्रवाह हुने आश्वासन दिनुभएको छ ।

कमलामाई नगरपालिकाको कार्यालय नै अपाङ्गगतामैत्री नभएको अपाङ्ग महिला संघकी अध्यक्ष देवकोटाले बताउनु भयो । ‘अपाङ्गगता भएका व्यक्तिलाई यस कार्यालयमा आएर सेवा लिन नै समस्या छ, परिर्वतनको सुरुवात नगरको कार्यालयबाटै हुनु पर्छ,’ उहाँले भन्नुभयो ।

नगर प्रमुख, उपप्रमुख र कार्यालय प्रमुखको कार्य कक्ष माथिल्लो तल्लामा भएको र तल्लो तहमा पनि आफूँ जस्तो ह्वीलचियर प्रयोगकर्तालाई सहज संरचना नहुँदा सेवा लिन समस्या भएको उहाँले गुनासो गर्नुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?