स्थिर ब्याजदरमा कर्जा लिन राष्ट्र बैंकको सुझाव

Read Time = 2 mins

काठमाडौं । नेपाल राष्ट्र बैंकले व्यवसायीलाई स्थिर ब्याजदरमै कर्जा लिन आग्रह गरेको छ । केन्द्रीय बैंकले एक सूचना सार्वजनिक गर्दै बैंक तथा वित्तीय संस्थाबाट स्थिर ब्याजदरमै कर्जा लिँदा फाइदाजनक हुने भन्दै यस्तो सुझाव दिएको हो ।

निश्चित आय भएका व्यक्तिले परिवर्तित ब्याजदरमा कर्जा दिँदा आम्दानी र खर्चबीचको तालमेल हुन नसक्ने र कर्जा भुक्तानीमा समस्या हुने भएकाले स्थिर ब्याजदरमा उपलब्ध गराउनुपर्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ । केन्द्र्रीय बैंकद्वारा जारी सूचनामा भनिएको छ, ‘स्थिर ब्याजदरमा कर्जा उपयोग गर्दा ब्याज रकम बढ्दैन, निर्धारित अवधिमै कर्जा भुक्तानी गर्न सकिन्छ र यसले निश्चित आय भएका व्यक्तिको वित्तीय अवस्थामा नकारात्मक असर पर्न दिँदैन ।’

बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिँदा ब्याजदरबारे पूर्ण जानकारी लिन पनि ऋणीलाई राष्ट्र बैंकले सचेत गराएको छ । ब्याजदर निर्धारण र ब्याजदर परिवर्तन हुने शर्त बुझेरमात्र कर्जा उपयोग गर्नुपर्ने राष्ट्र बैंकको सुझाव छ । बैंक तथा वित्तीय संस्थाले परिवर्तित र स्थिर दुवै प्रकारका ब्याजदरमा कर्जा प्रवाह गरिरहेका हुन्छन् ।

परिवर्तित ब्याजदरमा लिएका कर्जा बैंक तथा वित्तीय संस्थाले आधारदर परिवर्तन गरेसँगै ब्याजदर पनि परिवर्तन हुन्छ । राष्ट्र बैंकको प्रावधानअनुसार बैंक तथा वित्तीय संस्थाले त्रैमासिकरूपमा बेसरेट परिवर्तन गर्न पाउँछन् भने नयाँ कर्जा प्रवाहका लागि मासिकरूपमै नयाँ बेसरेट तोकिएको हुन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?