शुक्रलाई सूर्य नेपाल वेस्टर्न ओपन उपाधि

Read Time = 2 mins

काठमाडौंं । प्रोफेसनल गल्फर शुक्रबहादुर राईले सूर्य नेपाल गल्फ टुर २०२२-२३ अन्तर्गतको चौथो प्रतियोगिता सूर्य नेपाल वेस्टर्न ओपन उपाधि जित्नुभएको छ । पार ६९ को हिमालयन गल्फ कोर्षमा शुक्रले सानदार कमब्याक गर्दै ५-अण्डर ६४ को उत्कृष्ट कार्ड तयार पार्नुभएको हो । समग्रमा १-अण्डर २ सय ६ को स्कोरमा शुक्रले साबिक विजेता एमेच्योर खेलाडी सुवास तामाङलाई २ स्ट्रोकले हराउँदै करियरको नवौँ उपाधि हात पार्दै एक लाख ४० हजार रुपैयाँ पुस्कार प्राप्त गर्नुभएको छ । एमेच्योरतर्फ भने सुवासले उपाधि जित्नुभएको छ ।

प्रोफेसनलतर्फ भुवन नगरकोटी र सञ्जय लामा ३-ओभर २ सय १० स्कोरसहित संयुक्तरूपमा दोस्रो हुँदै ७८ हजार पाँच सय र जयराम श्रेष्ठले चौथो हुँदै ५५ हजार रुपैयाँ प्राप्त गर्नुभयो । भेट्रान गल्फर रामे मगरले पाँचौँ पुरस्कार ४७ हजार, भुवनकुमार रोक्का छैटौँ, सिजनको सूर्य नेपाल म्याच प्लेका विजेता दिनेश प्रजापती सातौँ हुनुभएको छ । छैटौँ र सातौंँ भुवन र दिनेशले क्रमशः ४० हजार पाँच सय र ३७ हजार नगद प्राप्त गरेको आयोजकले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?