श्रीलंकामा स्थानीय तहको चुनाव स्थगित

हिमालय टाइम्स
Read Time = 1 min

कोलम्बो। श्रीलंकामा स्थानीय तहको चुनाव अनिश्चितकालका लागि स्थगित भएको छ ।

श्रीलंकाको निर्वाचन आयोगका अनुसार राष्ट्रपतिले मतदानका लागि आर्थिक सहयोग गर्न अस्वीकार गरेपछि स्थानीय तहको चुनाव अनिश्चितकालका लागि स्थगन भएको हो ।

आउँदो मार्च ९ तारिख अर्थात् यही २५ गते हुनेगरी घोषणा गरिएको थियो ।

राष्ट्रपति रनिल विक्रमासिंघेको प्रशासनले चुनावका लागि आवश्यक १० अर्ब भारतीय रुपैयाँ (झण्डै दुई करोड ७० लाख अमेरिकी डलर) सहयोग उपलब्ध गराउन अस्वीकार गरेकाले निर्धारित कार्यक्रमअनुसार मतदान हुन नसक्ने पाँच सदस्यीय निर्वाचन आयोगले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?