टेलिकमको पोष्टपेड अफर

Read Time = 1 min

काठमाडौं । विभिन्न अफर उपलब्ध गराइरहेको नेपाल टेलिकमले ‘सजिलो अनलिमिटेड भ्वाइस एण्ड डाटा पोष्टपेड-६३६’ प्याकेज ल्याएको छ । पोष्टपेड मोबाइल प्रयोगकर्ताका लागि ल्याएको अफर छ सय ३६ रुपैयाँमा उपलब्ध हुनेछ भने ३० दिनसम्म कम्पनीकै नेटवर्कभित्र अनलिमिटेड कल गर्न सकिनेछ । अन्य नेटवर्कमा सय मिनेट कल गर्न सकिनेछ । अन नेट एक सय ५० वटा एसएमएस पठाउन सकिने सुविधासमेत उपलब्ध छ ।

त्यसैगरी प्रत्येक दिन तीन सय एमबी डाटा प्रयोग गर्न सकिनेछ भने तीन सय एमबी डाटा सकिएमा प्रत्येक दिन ६४ केबिपिएस गतिको इन्टरनेट प्रयोग गर्न सकिने कम्पनीका प्रवक्ता शोभन अधिकारीद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?