सामाजिक सञ्जालमा सदभाव बिथोलिने सामाग्री नराख्न बाँके प्रशासनको आग्रह, कर्फ्यु कायमै

दीपककुमार शर्मा बर्दिया, संवाददाता
Read Time = 4 mins

नेपालगञ्ज । जिल्ला प्रशासन कार्यालय बाँकेले धार्मिक तथा सामाजिक सदभावमा खलल पुग्ने गरी कुनै पनि स्टाटस सामाजिक संञालमा नराख्न आग्रह गरेको छ ।

आज विज्ञप्ति जारी गर्दै जिल्ला प्रशासन कार्यालय बाँकेले सामाजिक सञ्जाल वा कुनै पनि माध्यमबाट त्यस्ता सामाग्री प्रसारण प्रकाशन नगर्न नगराउन आग्रह गरेको हो । प्रशासानले धार्मिक तथा समाजिक सदभाव खलल पुग्ने गरी सामाजिक सञ्जालमा लेखेर बोलेर तथा श्रव्यदृश्य जस्ता संचार सामाग्रीहरु प्रचार प्रसार नगर्न अपिल गरिएको हो ।

यसै बिच मंगलबार ओमकार समाजको भेलामा भएको प्रदर्शनमा भएको तनावका कारण मुथमेडको अवस्था आएको थियो । त्यस समयमा ५ जना सुरक्षाकर्मि १७ जना सर्वसाधारण नागरिक गरी २२ जना घाइते भएका थिए । घाइते मध्ये उपचारपछि २१ जना घर फर्किएका छन भने १ जनाको अस्पतालमा उपचार चलिरहेको छ ।

मंगलवार दुवै पक्ष विच भएको झडपका कारण प्रहरीले स्थिति नियन्त्रणमा लिनमा लागी केहि अश्रुग्यास प्रहार समेत गरेको थियो । यसै विच हिजो मंगलबार दिउसो १ वजेदेखि लागेको अनिश्चितकालिन कफर्यु जारी रहेको छ । स्थायिन प्रशासन ऐन, २०२८ को दफा (६) (क) (१) (३) बमोजिम कफर्यु आदेश जारी गरिएको बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी एवं सूचना अधिकारी टोपेन्द्रबहादुर केसीले बताउनु भयो उहाँका अनुसार आदेशलाई उल्लंघन गर्नेलाई सुरक्षामा खटिएका सुरक्षाकर्मिले आवश्यकता अनुसार बल प्रयोग गरी कानून बमोजिम कारबाहि समेत गर्न सक्नेछन् ।

मंगलवार दिउँसो १ बजेखेखि अनिश्चितकाल सम्मको लागी कर्फ्यु आदेश जारी गरिएको हो । कर्फ्यु पुर्वमा राप्ती नदिको पुल, पश्चिममा खजुरा रोडको इन्द्रपुर जाने बाटो , उत्तरमा राँझा चोक सम्म र दक्षिणमा जमुनाह नाकासम्म कफर्यु आदेश जारी गरिएको हो । कफर्यु अवधिभर ति नाका भित्र भेला हुने, सभा समारोह गर्न, जुलुस रयाली गर्न, हुल हुज्जत गर्न र हिडडुल गर्न समेत नपाइने बताइएको छ । नेपालगञ्जमा केही दिनदेखि धार्मिक सदभाव खलबलिने गरी भैरहेका क्रियाकलापलाई स्थानिय प्रशासनले नजिकबाट नियालिरहेको थियो ।

मंगलबार विहान ओमकार परिवार हिन्दु समाजले निकालेको र्यालीको क्रममा विवाद उत्पन्न हुँदा नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रमा भएको सार्वजनिक सम्पत्ती तोडफोड, ढुँगामुडा प्रहार, उच्र्छुखल गतिविधि लगायतका विरोध प्रदर्शनका कारण सर्वसाधारणको सुरक्षामा पर्न सक्ने सम्भावित जोखिम एवं शान्ति भंग हुनसक्ने स्थिति देखिएकोले कर्फ्यु आदेश जारी गरिएको जनाइएको छ ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?