लण्डन । नर्वेले युरो कप २०२४ को छनोटमा साइप्रसमाथि ४-० को फराकिलो जित हात पारेको छ । नर्वेको जितमा एर्लिङ ब्राउट हालान्डले दुई गोल गर्दा एलेसान्दार सोर्लोथ र फ्रेडरिक अर्सनेसले समान एक-एक गोल गर्नुभयो ।
खेलको ३३औं मिनेटमा सोर्लाेथको गोलबाट नर्वेले अग्रता लिएको थियो । ६५औं मिनेटमा एर्लिङ ब्राउट हालान्डले गोल गर्दै नर्वेको अग्रता दोब्बर पार्नुभयो । ७२औं मिनेटमा एन्टोनियो नुसाको पासमा व्यक्तिगत दोस्रो गोल गर्दा ८१औं मिनेटमा फेडरिकले चौथो गोल गर्नुभएको थियो ।
यस जितसँगै नर्वे समूह ‘ए’ मा ६ खेलबाट १० अंक जोडेर तेस्रो स्थानमा यथावत् छ । पराजित साइप्रसले ६ खेल खेल्दा अंकको खाता खोल्न सकेको छैन । यही समूहको अर्काे खेलमा स्पेनले स्कटल्यान्डलाई २-० ले पराजित गरेको छ । स्पेनको जितमा अल्भारो मोराटा र ओइहान सानसेटले गोल गर्नुभयो । युरो छनोटमा स्कटल्यान्डको यो पहिलो हार हो ।
खेलको ७३औं मिनेटमा मोराटाले जेसस नाभासको पासमा गोल गर्दै स्पेनलाई १-० को अग्रता दिलाउनुभयो । ८६औं मिनेटमा ओइहानले गोल गर्दै स्पेनको जित पक्का गराउनुभयो । यस जितले स्पेन ६ खेलबाट १२ अंक जोडेर दोस्रो स्थानमा यथावत् छ । पहिलो हार व्यहोरेको स्कटल्यान्ड १५ अंक जोडेर शीर्षस्थानमा यथावत् छ । एजेन्सी ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच