हरिपुरमा अतिविपन्न परिवारलाई खाधान्न सहयोग

प्रकाश मैनाली सर्लाही, संवाददाता
Read Time = 3 mins

सर्लाही । सर्लाहीको हरिपुरका अति विपन्न मुस्लिम घरपरिवारलाई खाधान्न सामग्री सहयोग गरिएको छ ।

इस्लामीक रिलिफ नेपालको सहयोगमा बागमती सेवा समाज नेपाल हरिवनले आज हरिपुर वडा नं २,३ र ५ का अती विपन्न २४८ मुस्लिम परिवारलाई प्रति परिवार ५६ सय २५ रुपैया बराबरको खाधान्न सामग्री सहयोग गरिएको छ ।

आउँदै गरेको मुस्लिमहरुको महान पर्व रमजानलाई लक्षित गर्दै उनीहरुलाई राहत स्वरुप खाध्यन्न सामाग्री सहयो गरेको बागमती सेवा समाज नेपालका अध्यक्ष भरत कुमार कार्कीले बताउनुभयो । आज २४८ जना विपन्न मुस्लिम परिवारले खाधान्न सामग्री प्राप्त गरेको छ । क्रमश हरिपुरको विभिन्न वाडा गरि ६ सय बढी विपन्न परिवार तथा ईश्वरपुर नगरपालिकाको विभिन्न वडा गरि ६ सय बढी परिवार गरि जम्मा १२ सय ४० विपन्न परिवारमा खाधान्न सामग्री वितरण गरिने अध्यक्ष कार्कीले जानकारी दिनुभयो ।

शनिवार, आईतवार गरि २ सय ४८ मुस्लिम परिवारलाई ४० केजी चामल, दाल ५ केजी, खानेतेल ४ लिटर, चिनी ३ केजी, नुन २ केजी गरी ५६ सय २५ को खाधान्न सामग्री वितरण गरिने कार्यक्रम संयोजक गजेन्द्र साहले जानकारी दिनुभयो । बाँकी रहेको ९ सय ९२ विपन्न परिवारले ५६ सय २५ को विभिन्न खाधान्न सामग्री छानिछानि लिन सक्ने छ । खासगरी फुसको घर भएको, आफनो खेती योग्य नम्बरी जग्गा न्यून भएको, दैनिक आम्दानीको स्रोत नभएको, मासिक आम्दानी १५ हजार भन्दा न्यून भएको, विपद्को जोखिममा रहेको वा क्षेती ग्रस्त,अति विपन्न तथा पछाडि परिएको , अपाङ्गता, गर्भवती महिला, बालबालिका र वृद्ध घरमुली भएका, टुहुरा बालबालिका तथा कुपोषित भएको , दीर्घरोगी भएको घरपरिवारलाई खाधान्न सामग्री वितरण गरिने कार्यक्रम संयोजक साहले जानकारी दिनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?