बाहिनीपति ट्रफीको उपाधि वीरभद्रजंग गुल्मलाई

हिमालय टाइम्स
Read Time = 2 mins

महेन्द्रनगर । कञ्चनपुरको महेन्द्रनगरमा सम्पन्न नेपाली सेनाको बाहिनीपति ट्रफी भलिबल प्रतियोगिताको उपाधि वीरभद्रजंग गुल्म बझाङले जितेको छ । महेन्द्रनगर श्री नं. २५ बाहिनी भगतपुर ब्यारेकको आयोजनामा प्रतियोगिताको फाइनलमा श्रीदल गुल्म कञ्चनपुरको टिमलाई पराजित गर्दै वीरभद्र जंग गुल्मले उपाधि जितेको हो ।

प्रतियोगिताको उपाधि विजेता गुल्मलाई श्री नं २५ बाहिनीपति सहायकरथी पुरुषोत्तम ढकालले ट्रफी र प्रमाणपत्रबाट पुरस्कृत गर्नुभयो । साथै प्रतियोगितामा उपाधि विजेता गुल्मका सिपाही राजेन्द्र धामी उत्कृष्ट खेलाडी घोषित हुनुभएको छ । लिग चरणको भलिबल प्रतियोगितामा बाहिनीअन्तर्गत कार्यरत चार गुल्म प्रतिस्पर्धामा उत्रिएका थिए ।

सेनाले बाहिनीस्तरबाट खेलाडी छनोट गरी टिम बनाएर आगामी चैत महिनामा सञ्चालन हुने सुदूरपश्चिम पृतनापति ट्रफी-२०७९ मा सहभागी गराउने जनाएको छ । समापन समारोहमा बाहिनीपति सहायकरथी ढकालसँगै बाहिनीकै प्रमुख सेनानी दिवाकर रायमाझी, श्रीदल गुल्मका गुल्मपति सेनानी पृथबहादुर श्रेष्ठलगायत सैनिक अधिकृतको सहभागिता रहेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?