केही ठेकेदार र सरोकारवाला निकायका कारण झापाका दर्जनौं विकास निर्माणका काम प्रभावित बने : सांसद साँवा

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । प्रतिनिधि सभा बैठकको शुन्य समयमा बोल्दै सांसदहरुले जनजिविकाको विभिन्न विषयहरुमा सरकारको ध्यानाकर्षण गराएका छन् ।

आईतवार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसदहरुले आ–आफ्नो निर्वाचन क्षेत्रमा विकास निर्माणको काममा भइरहेको ढिलाईको विषय उठाएका छन् भने जनजीविकाको सन्दर्भमा विभिन्न विषयहरु पनि उठाएका छन् ।

प्रतिनिधि सभा सदस्य एलपी साँवा लिम्बुले केहि ठेकेदार र सरोकारवाला निकायका कारण विकास निर्माणमा समस्या भएको बताउनु भएको छ ।

सांसद लिम्बुले ठेक्का दिने र लिनेको मिलेमतोका कारण विकास निर्माण प्रभावित हुन थालेको भन्दै सरकारको ध्यानाकर्षण गराउनु भएको हो ।

झापा क्षेत्र नम्बर ४ बाट निर्वाचित सांसद लिम्बुले झापामा सेटिङ्गमा काम गर्ने ठेकेदारका कारण झापामा दर्जनौं निर्माण कार्य प्रभावित भएको बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?