आज घोडेजात्रा पर्व मनाइँदै, उपत्यकामा सार्वजनिक बिदा

हिमालय टाइम्स

फाइल तस्बिर

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । हरेक वर्ष चैत्र कृष्ण औँसीका दिन मनाइने घोडेजात्रा पर्व आज (मंगलबार) मनाइँदै छ । घोडेजात्रा काठमाडौं उपत्यकामा विभिन्न कार्यक्रम गरी मनाउन लागिएको हो । टुँडिखेलमा प्रत्येकवर्ष नेपाली सेनाले घोडेजात्राको आयोजना गर्छ भने ललितपुरको पाटनमा एक्लो घोडा दौडाएर यो जात्रा मनाउने चलन रही आएको छ ।

जनविश्वासअनुसार टुँडिखेलको पूर्व-दक्षिण दिशामा रहेको एउटा रूखमा बास गर्ने गुरुमापा भन्ने राक्षसले शहरका बालबालिकालाई खाने गरेकाले पीडित स्थानीयवासीले विभिन्न उपायले त्यसलाई संहार गरे । तर, उसको प्रेतात्मा फेरि जागा भई बालबालिकालाई अनिष्ट गर्नसक्ने भय तिनमा रहिरह्यो । यसैकारण प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन घोडेजात्रा गरी गुरुमापाको आत्मालाई घोडाको टापले कुल्चाएर दबाउने गरिएको हो । साथै शहरका कुनै पनि बालबालिकामाथि खतरा नहोस् भनी आजै राति त्यही रूखको फेदमा गुरुमापालाई खानेकुरा पनि दिइन्छ ।

अर्को किंवदन्तीअनुसार प्रत्येक वर्षको चैत्र शुक्ल प्रतिपदाबाट नयाँ वर्षको थालनी हुने विश्वासका आधारमा उक्त दिनको अघिल्लो दिन चैत्र कृष्ण औँसीमा घोडा कुदाएर अश्वयात्रा गरी नयाँ वर्षलाई स्वागत गरिने प्रचलन रहेको हो । घोडेजात्राको अघिल्लो दिन चैत कृष्ण चतुर्दशीलाई पिशाच चतुर्दशीका रूपमा समेत लिइन्छ । यो पर्व काठमाडौं उपत्यकाको प्रचलित प्राचीन जात्रामध्येको एक हो ।

यो जात्राका अवसरमा हरेक वर्ष नेपाली सेनाले टुँडिखेलमा अश्वकला, मोटरसाइकल खेल, शारीरिक व्यायाम, युद्धकलालगायत प्रदर्शन गर्ने गर्दछ । घोडेजात्राको अवसरमा आज काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?