स्याङ्जा बाडखोलाको पेट्रोल पम्पलाई प्रशासनले गर्‍याे कारबाही, मिसावटयुक्त तेल नष्ट

युवराज पौडेल स्याङ्जा, संवाददाता
Read Time = 3 mins

स्याङ्जा । स्याङ्जा जिल्ला पुतलीबजार नगरपालिका ३ स्थित बाडखोलामा रहेको नेपाल पेट्रोल्युब प्रालिको पेट्रोल पम्पलाई झुक्याइ मिसावयुक्त पेट्रोल बिक्री गरेको पुष्टि भएपछि जिल्ला प्रशासन कार्यालय स्याङ्जाले कारबाही गरेको छ ।

गत पुसमा मोटरसाइकल र टेम्पो चालकहरुले बाडखोलाको पेट्रोल्युब पम्पबाट वितरित पेट्रोलमा मिसावट भएको कारण सवारी साधनमा समस्या देखिएकोले कारबाहीका लागि जिल्ला प्रशासन कार्यालय स्याङ्जामा उजुरी दिएका थिए ।

उजुरी पश्चात् जिल्ला प्रशासन कार्यालय स्याङ्जाका तत्कालीन प्रजिअ गंगाबहादुर क्षेत्रीसहित अन्य प्राविधिक टोलीले उक्त पेट्रोल पम्पलाई पुस २७ गते शील गरेको थियो ।

जिल्ला प्रशासन कार्यालयले नेपाल आयल निगम गण्डकी प्रदेश कार्यालयमा उक्त पम्पको पेट्रोल ल्याब परीक्षणका लागि पठाइएकोमा परीक्षणमा उक्त पम्पको पेट्रोलमा मिसावट देखिएको पुष्टि भएको थियो । सोहि आधारमा जिल्ला प्रशासन कार्यालयले ’कालोबजार तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन २०३२’ अनुसार झुक्याइ बिक्री वितरण गरेको कसुरमा फागुन २९ गते उक्त पम्पका सञ्चालकहरु र कर्मचारीलाई कारबाहीको फैसला गरेको थियो ।

जिल्ला प्रशासन कार्यालय स्याङ्जाले चार जना सञ्चालकहरुलाई जनही रु १ लाख ८० हजार र कर्मचारीलाई १ लाख गरी ८ लाख २० हजार क्षतिपूर्ति कोषमा जम्मा गर्ने समेत गरि जम्मा ८ लाख ५२ हजार ८०० जरिवाना गरेको प्रमुख जिल्ला अधिकारी शशीधर घिमिरेले बताउनुभयो ।

पुस २७ मा शिल्ड भएको उक्त पम्पमा बाँकी रहेको मिसावटयुक्त पेट्रोल १९१० लिटर आज चैत्र ७ मंगलबार जिल्ला प्रशासन कार्यालयले नष्ट गरेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?