कोशीमा कार्की नेतृत्वको सरकारले विश्वासको मत पाउँदैन : कांग्रेस सचेतक राई

चिसाङ शेर्पा खोटाङ, संवाददाता
Read Time = 2 mins

खोटाङ । नेपाली कांग्रेस कोशी प्रदेश प्रमुख सचेतक भुपेन्द्र राईले मुख्यमन्त्री हिक्मत कार्की नेतृत्वको काम चलाउ सरकारले विश्वासको मत नपाउने बताउनु भएको छ ।

हिमालय टाईम्ससँग कुराकानीगर्दै प्रमुख सचेतक राईले कार्की नेतृत्वको सरकारले २० असोजभित्र विश्वासको मत लिनुपर्ने तर, विश्वासको मत पाउने कुनै आधार नभएको बताउनु भएको हो ।

विश्वासको  मत नपाएर मुख्यमन्त्री कार्की पदमुक्त भएपछि धारा ६८ (५) अनुसारको सरकार बन्छ । त्यो गठबन्धनकै नेतृतवमा सरकार बन्छ । सचेतक राईले भन्नुभयो ।

सर्वोच्च आदलतको परमादेश अनुसार प्रदेश प्रमुख परशुराम खापुङले कार्कीलाई २२ भदौमा मुख्यमन्त्रीमा नियुक्ती गरेको थियो ।

कोशी प्रदेशमा सरकार बन्नलाई ४७ मतको आवश्यक पर्छ । तर, कुनै दलसँग मत पुग्दैन । गठबन्धन गर्नुको विकल्प छैन ।

प्रदेश सभामा नेकपा एमालेको ४०, नेपाली कांग्रेसको २९, नेकपा माओवादी केन्द्रको १३, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को ६, नेकपा एकिकृत समाजवादीको ४ र जनता समाजावादी पार्टीको १ जना सांसद रहेका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?