निसान गाडी किन्न नबिलले कर्जा दिने

Read Time = 1 min

काठमाडौं । निसान गाडीको आधिकारिक बिक्रेता पायोनियर मोटोकर्प प्रालिले बिक्री गर्दै आएको गाडीमा नबिल बैंकले कर्जा दिने भएको छ । बैंक र पायोनियरबीच भएको सम्झौताअनुसार अब निसान गाडी खरिद गर्ने ग्र्राहकले नबिलबाट सहजै कर्जा लिन सक्नेछन् ।

सम्झौतापत्रमा बैंकका कर्पोरेट हेड चाँदनी श्रेष्ठ र पायोनियर मोटोकर्पका सह-महाप्रबन्धक ज्ञानेन्द्रबहादुर चन्दले हस्ताक्षर गर्नुभएको छ । सम्झौतासँगै निसानले उत्पादन गरेका गाडी खरिद गर्दा छिटो, छरितो र सहजताका साथ प्रतिस्पर्धी ब्याजदरमा सवारीसाधन कर्जा उपलब्ध हुने बताइएको छ । सात वर्ष अवधिको कर्जाअन्तर्गत २० प्रतिशत डाउन पेमेन्टमा गाडी खरिद गर्न सकिनेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?