कोशी प्रदेशको विरोधमा पहिचानवादी संगठनहरू उग्र बन्दै, आङ्बोमाथि आक्रमण प्रयास

हिमालय टाइम्स
Read Time = 2 mins

विराटनगर । कोशी प्रदेश नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता इन्द्र आङ्बोमाथि आक्रमणको प्रयास भएको छ । मंगलबार ताप्लेजुङमा नेता आङ्बोमाथि आक्रमण प्रयास भएको हो । कोशी प्रदेश नाम राखेको विरोधमा आन्दोलनमा रहेका पहिचानवादी संगठनले आक्रमण गर्दा आङ्बो सवार गाडीमा सामान्य क्षति पुगेको छ । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी नायव उपरीक्षक राजन लिम्बूका अनुसार फुङलिङ बजार जाने क्रममा आङ्बो सवार गाडीमाथि आक्रमण भएको हो । बजारभन्दा सात/आठ किलोमिटर तल गाडीमाथि ढुंगा प्रहार भएको प्रहरीले जनाएको छ ।

आक्रमण गर्नेको पहिचान नभएको बताउँदै घटनाको अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ । आङ्बो पार्टीको कार्यक्रममा सहभागी हुन ताप्लेजुङ जाँदै हुनुहुन्थ्यो । पछिल्लो समय आन्दोलनमा रहेका विभिन्न पहिचानवादी संगठनहरू उग्र बन्दै नेताहरूमाथि आक्रमणमा ओर्लन थालेका छन् । यसअघि सोमबार ओखलढुंगामा मुख्यमन्त्री हिक्मत कार्कीमाथि आक्रमण प्रयास भएको थियो ।

आन्दोलनरत पक्षले ऐतिहासिक किरात खम्बुवान आन्दोलन, लिम्बुवान आन्दोलन, मधेश जनविद्रोह, आदिवासी जनजाति आन्दोलन, १०४ वर्षे राणा शासन अन्त्य गर्ने २००७ सालको क्रान्ति, निरंकुश पञ्चायती व्यवस्था अन्त्यको जनआन्दोलन, १० वर्षे जनयुद्धको जगमा राजतन्त्र अन्त्य गर्ने २०६२/६३ को जनआन्दोलनको जनादेशअनुसार ऐतिहासिक पृष्ठभूमि एवं साझा र संयुक्त पहिचानको आधारमा नामांकन गराउन माग गर्दै आएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?