कप्तान रोहित गृहनगरमा सम्मानित

हिमालय टाइम्स
Read Time = 2 mins

नवलपरासी । आइसिसी विश्वकप लिग-२ प्रतियोगितामा सानदार नतिजा निकाल्दै नेपाललाई विश्वकप छनोटमा प्रवेश गराउन सफल नवलपरासी (बर्दघाट-सुस्ता पश्चिम) बर्दघाट-१४ बुद्धबस्ती निवासी राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेललाई बर्दघाट नगरपालिकाले सम्मान गरेको छ ।

पौडेललाई गृहजिल्लामा स्वागतसहित एक कार्यक्रम आयोजना गरी हौसलास्वरूप ५१ हजार र प्रमाणपत्रसहित नगरपालिकाले सम्मान गरेको हो । नगरपालिकाले उच्च प्रदर्शन गर्दै विश्वकप क्वालिफायरमा छनोट भई सिंगोे राष्ट्रसहित बर्दघाट नगरपालिकालाई गौरवान्वित बनाउन सफल भएकामा बर्दघाट–१४ निवासी पौडेललाई सम्मान गरेको हो ।

कार्यक्रममा कप्तान पौडेलले आगामी दिनमा समेत उत्कृष्ट खेल प्रदर्शन गरी नेपाललाई अन्तर्राष्ट्रिय जगत्मा चिनाउन अहोरात्र खटिने बताउनुभयो । मातृभूमिमा आफूलाई गरिएको सम्मानले थप ऊर्जा मिलेको उहाँले बताउनुभयो ।

गृहजिल्ला आइपुगेका पौडेललाई पश्चिम नवलपरासीमा रहेका विभिन्न संघ/संस्था र स्थानीय तहले स्वागतसहित सम्मान गरेका छन् । नगरपालिका, जेसिज, खेलकुद विकास समिति, लायन्स क्लबलगायतका संस्थाले विभिन्न कार्यक्रम गरी उहाँलाई सम्मान गरेका हुन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?