संखुवासभादेखि संखुवासभासम्म

हिमालय टाइम्स
Read Time = 12 mins

✍️ ताराबहादुर बुढाथोकी

गत २ गते बिहीबारको अंकबाट क्रमशः
एक अध्ययनअनुसार लोमान्थाङका भीरहरूलाई लामा र झुमाहरूले खोपेर बनाएको गुफा आश्रयको रूपमा प्रयोग गरेका थिए । यी अद्वितीय गुफाहरूले प्राचीन मुस्ताङी रहस्यमय जीवनलाई प्रतिविम्बित गर्छन् । स्थानीय भाषामा फुक भनिने गुफाहरू गाउँछेउका भीरहरूमा लगभग १०० वटा जति छन् । झ्योङ्ग, छ्योसेर, गर्फूक, लुरी, छोजुङ, मिद्राक, चैले, छुक्साङ, टुप्से, छुवाङ, साङदुङ आदि हुन् ।

छ्योसेरझोङको गुफामा पाँच तला र १५० कोठा छ । तलामाथि जान काठका भर्‍याङ प्रयोग भएका छन् । जोमसोम, लोमान्थाङ, कोरोला जोड्ने मोटरबाटोको पारिपट्टि १५ मिनेटमा पुग्न सकिने झोङ गुफामा पस्न नेपालीलाई रु.१०० र विदेशीहरूलाई रु.५०० शुल्क लाग्दछ । ती गुफाहरूमा बौद्ध गुरुले ध्यान, साधना र अध्ययन गर्ने गरेको बताइन्छ । पहिले पहिले तिब्बतबाट आउने लुटेराबाट धर्मको रक्षा र गुरुहरूको साधनालाई सिद्धि प्राप्त गर्ने प्रयोजनका लागि ती गुफाहरू बनाइएको स्थानीय बताउँछन् । एउटा गुफाभित्र विभिन्न तला, तलामा चढ्न भर्‍याङ र त्यसमाथि घोप्टेद्वारको प्रयोग गरिएको छ । भाँडाभित्र लत्ताकपडा, भाँडाकुँडा र युद्ध सामग्री पनि पाइन्छन् ।

बिहान झिसमिसेमै थोराङला पास आइपुगियो । जाँदा बसको देब्रे लहरमा बस्दा पाटोमात्र देएिको थियो, आउँदा त्यही लहरमा बस्दा अर्को पाटो पनि देखियो । अपर मुस्ताङलाई पल्टाइपल्टाइ हेरियो । आयामेली दृष्टि भनुँ न ।

चिसोले कान समातेर छुलुक्क पार्‍यो । बसभित्र पसेर ढोका लगाएपछि त न्यानो । यसरी अनजान यात्रामा जाँदै गर्दा सवारीसाधन त्यो घर र यात्रीहरू नै परिवारमा रूपान्तर हुँदो रहेछ । बसका चालक भाइ बडो कुशलतापूर्वक आफ्नो स्टेयरिङ घुमाउँदै थिए । मिसन चाइना बोर्डर भनेर हिँडेका हामी केरलाको चेक पोष्टमा रोकियौँ । सशस्त्र प्रहरी बलले चिनको सीमाभन्दा २६ किलोमिटर वर नै बोर्डर चेकपोष्ट राखेछ । उनीहरूलाई आदेश रहेछ कि-‘पाँच बजेपछि तुषारो बाक्लिन्छ, तसर्थ कुनै प्रकारको सवारी यात्रा जान रोक लगाउनू ।’ डाँडाकाँडाहरूले पनि सेताम्मे भएर भन्दै थिए-‘ए सङ्खुवासभाली सरहरू ! अब अगाडि नबढ । हामी पनि ठिहीले कक्रिन थाल्यौँ ।’ मानव र प्रकृतिको चहाना एउटै भएको देखेपछि हाम्रो गाडी गन्तब्यभन्दा २६ किलोमिटर वरबाट फर्कियो ।

गएको भए मलाई जाडोले टाउको दुःखेर बान्ता हुन सक्थ्यो । आठ दश रमणीय कलात्मक भित्ताहरू देखिने थिए । बोर्डरमा हिमालदेखि हिमालसम्म काँडेतार लगाएर प्रवेश एरियामा विशाल सैन्य महल बनाएको चिनियाँ चेकपोष्ट देखिन्थ्यो हालो । चिन त पक्कै गइँदैनथ्यो, किनभने जम्मा साढे सोह्र हजारमा कोरला पुगेका हामी चिनको भूमि टेक्न सात हजारको दरले दस्तुर बुझाउन तयार थिएनौं । यतै बिट मारेकोमा असन्तोष नमानी फर्केर लोमान्थाङको विशाल होटेलमा बास बस्यौँ । घर कस्तो थियो थाहा छ ? चारैतिर कोठैकोठा । बीचमा इन्द्रचोक । वरिपरि भित्रपट्टि बरण्डा । भुइँतलाको बीचमा चुलो । तीन-चारवेटा मुख भएको ।

एकैचोटि चार-चारजना बसेर आगो ताप्न मिल्ने । पूरै घर तातो हुने । त्यस्तो ठाउँमा भित्रबाट असाध्य राम्रा काठले न्यानो पारेका कोठाहरू । हरेकजसो कोठामा स्ननागार र शौचालय । टेलिभिजन, फोन, दराज, कुर्सी, टेबुल, टाबेल सुविधासम्पन्न छ । खाना खान बसेको लामालामा नरम चामल, ठूला रसिला दाल, हरियो साग, अचार जम्मै कुरा मिठो । काठ कहाँबाट ल्याएको भन्ने शेरबहादुुर सरकारे प्रश्नमा चाइनाबाट भन्ने उत्तर आयो । वाह लोमान्थाङ एउटा मिठो निद्रा सुत्यौँ । जौ र मर्फावाला रसले छोएपछि निन्द्रा लाग्छ भन्ने अनुमान थियो तर छटपटीमै मध्यरात कटेको पोल भने मोबाइलको समय सूचकले दिइरहेको थियो ।

बिहान झिसमिसेमै थोराङला पास आइपुगियो । जाँदा बसको देब्रे लहरमा बस्दा पाटोमात्र देएिको थियो, आउँदा त्यही लहरमा बस्दा अर्को पाटो पनि देखियो । अपर मुस्ताङलाई पल्टाइपल्टाइ हेरियो । आयामेली दृष्टि भनुँ न । जताबाट हेरे पनि माथि नीलो आकाश, गुलावी क्षितिज, सेतो हिमालको शृंखला, सुनौला डाँडाकाँडा अनि ती भूधरामा प्रकृतिले कुँदेका विचित्र आकृतिहरू आँखालाई सुम्सुम्याउन आइपुग्छन् ।

कताकतै मृग मरिचिका सर्जिना गर्ने पुच्काका बुट्यानहरू अनि भोटे पिपल र उही स्याउका बोटहरू । मरुभूमिमा पनि कत्रो उत्साह हो स्याउका बोटहरूलाई, रसिला स्याउहरू फलाएर मनुष्यलाई आमन्त्रण गरिरहेका छन् । कडा चट्टानबाट बनेका मधाने भीरका कापमा पनि हरिया पोथ्राहरू उभिएर काली गण्डकीलाई हेर्दा रहेछन् । हामी हिँड्दै गर्दा जीवन्त मुस्कान भीरका गालाभरि पोखेर लहरै मुस्कुराए । आखिर पानी र माटे नहुने चट्टानमा ती बिरुवा बचाउन हावाले गण्डकीको छिँडी नै छिँडी पोखराको माटो र काली गण्डकीको निर्मल जल ल्याएर जरामा हाल्दे हो । हामीसँग फुर्सद कहाँ थियो ? १८ गतेलाई खाँदबारीले गरेको निम्तो अझै कडा थियो । आज गण्डकीको किनारै किनार पोखरा आइपुग्नुपर्नेछ ।

लोमान्थाङ जाँदा पोखरा-बाग्लुङ-म्याग्दी-तल्लो मुस्ताङ हुँदै दुई दिनमा मोटर चढेर पुगिन्छ । सिधै जोमसोममा जहाजबाट ओर्लेर पनि पुगिन्छ । मनाङको तिलिचो ताल हुँदै ५७१६ मी उचाइमा रहेको थोराङ भञ्ज्याङ कटेर पनि आउन सकिन्छ ।

नभन्दै बिहान १० बजे कागबेनी आइपुगेछ । मनोज श्रेष्ठ सर र मैले पितृलाई जल चढायौं । केही बेरमा नमोदेब्यै महादेब्यै भुँडीदेब्यै नमोनम सबैको । १०ः२० मा जोमसोम । रातभरि तुषाराले ओसिएका घरहरू घामको न्यानोमा तुषारो टक्टक्याएर आङ तान्दै थिए । सडकका दुवैतिर छातीमा साइनबोर्ड टाँसेर उभिएका घरहरू भएको यो बजार मुस्ताङको सदरमुकाम हो । स्याउको लागि प्रसिद्ध यो भूमिमा प्रकृतिमात्र पहिचान दिन तम्सेको छैन, मनुष्य पनि घोेप्टे भीरमा चढेर इनामेलले मुस्ताङ लेख्दछ । टुइनअटर बिमान बस्न सक्ने सुरम्य विमानस्थल बजारमुनि मुसुक्क छ । जता फर्र्के पनि हिमालले उस्तै माया गर्छ । अँगालो हाल्छ, चुम्छ र स्वागत गर्छ । निलगिरि र धौलागिरि रहेछन् ।

लोमान्थाङ जाँदा पोखरा-बाग्लुङ-म्याग्दी-तल्लो मुस्ताङ हुँदै दुई दिनमा मोटर चढेर पुगिन्छ । सिधै जोमसोममा जहाजबाट ओर्लेर पनि पुगिन्छ । मनाङको तिलिचो ताल हुँदै ५७१६ मिटर उचाइमा रहेको थोराङ भञ्ज्याङ कटेर पनि आउन सकिन्छ । बाटोको म्यादबाहेक एक हप्ताको समय र दिनको २००० बजेट बिनियोजन गर्न सके मुक्तिनाथ, लोमान्थाङलाई रहर पुगुञ्ज्याल हेर्न, छाम्न र बुझ्न सकिन्छ ।
बेलुकी पोखरा बास बसेर भेलिपल्ट चमेरे गुफा, महेन्द्र गुफा, पातले छाँगो, विन्ध्यवासिनीलगायत भ्रमा गरेर खाना खान फकियौँ । त्यहाँ हेमराज पहारी प्रतिष्ठानकी अध्यक्ष कवि रीता पहारी र पोखरेली साहित्य समाजकी सदस्य गजलकार रमा खतिवडा मैनशिखाले रातो पस्मिना गलेबन्दी र ढाका टोपी, फूलमाला खादाले भव्य सम्मान गर्नुभयो । पोखरेली स्रष्टा चेलीहरूको न्यानो आतिथयमा रमाउँदै हिमालय माविले पोखरामा मिठो खानपान ग¥यो । दिउँसो फेवातालको नौका बिहार, तालबाराही दर्शन अनि बेलुकीपख बेगनास ताल घुमेपछि कृष्ण मनकामना बससेवामा निदाउँदै भेलिपल्ट बिहान इटहरी आइपुगियो ।

समग्रमा कृष्ण मनकामना तीर्थयात्रा भन्ने बस सेवाले हाम्रो रकमको भरपुर सन्तुष्टि दिएकै हो । आफू पछिल्लो सिटमा बसेर भए पनि साथीहरूलाई अगाडि राख्ने, आफू ढिलो खाएर भए पनि साथीहरूलाई छिटो खुवाउने, आफू रूम खोजेर सुते पनि साथीहरूलाइ रोजेर सुत्न दिने प्रअ वीरबहादुर राईको नेतृत्व र सालीन एवं भव्य स्वाभावका गुरुजनको सहभागिताले भ्रमणलाई अविस्मरणीय बनायो । सीता भट्टराई, अनिता कार्की, कविता राई, सुलोचना शर्मा, सीता गौतम, सुनिता गुरुङ, राधा अधिकारी सबै मिसहरू पनि भ्रमणबाट आनन्दित अनुभूति गरिरहनुभएको थियो । समाप्त ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?