काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्सकोे ३०औँ वार्षिक साधारणसभा काठमाडौंमा सम्पन्न भएको छ । साबिकको अजोड इन्स्योरेन्स एक आपसमा गाभिएपछि संयुक्तरूपमा युनाइटेड अजोड इन्स्योरेन्सको नामबाट गत जेठ १४ गतेबाट एकीकृत कारोबार भएको थियो । मर्जरपछि कम्पनीको चुक्ता पुँजी एक अर्ब ९० करोड ४५ लाख ६८ हजार कायम भएको थियो ।
साधारणसभाले कम्पनीको हाल कायम चुक्ता पुँजीको १०.२६१२ प्रतिशतले हुन आउने १९ करोड ५४ लाख ३२ हजार र कर प्रयोजनका लागि नगद लाभांश ०.५४०१ प्रतिशतका दरले हुने रकम एक करोड दुर्ई लाख ८५ हजार आठ सय ९४ र ७४ नगद लाभांशका साथै सोहीबमोजिम प्रबन्धपत्र नियमावलीमा आवश्यक संशोधन प्रस्ताव पारित गरेको छ ।
साथै सञ्चालक समितिको सदस्यको निर्वाचन भई संस्थापक सेयरधनीतर्फ अजाद श्रेष्ठ, प्रणवकुमार दास(प्रतिनिधि सिजी फुड्स नेपालतर्फबाट) र बलराम खनाल (प्रतिनिधि चौधरी ग्रुप प्रालितर्फबाट) निर्विरोध निर्वाचित भएका छन् भने सर्वसाधारण सेयरधनीतर्फ पानुदत्त पौडेल र शम्भु अधिकारी निर्विरोध निर्वाचित भएको कम्पनीले जनाएको छ । कम्पनीले प्रधान कार्यालयलगायत छ प्रादेशिक कार्यालय, ४१ शाखा कार्यालय, ४३ उपशाखा कार्यालय, पाँच बिमा काउण्टर र छवटा तेस्रो पक्ष बिमा काउण्टरबाट सेवा प्रदान गर्दै आएको जनाएको छ ।
कम्पनीका अनुसार चालु आर्थिक वर्ष २०८०/०८१ को पुससम्ममा १३० करोड ६४ लाख ७६ हजार बिमाशुल्क आर्जन गरी १३ करोड १८ लाख ८७ हजार खुद नाफा आर्जन गर्न सफल भएको छ । २०८०/०८१ को पुससम्ममा कुल बिमालेख जारी संख्या एक लाख पाँच हजार नौ सय ३३ र कुल दाबी भुक्तानी संख्या चार हजार छ सय ५४ तथा कुल दाबी भुक्तानी ८१ करोड २८ लाख १७ हजार पाँच सय ३४ रुपैयाँ गरेको पनि कम्पनीले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच