‘सत्ताको मान्छे’को अन्तरक्रिया

हिमालय टाइम्स
Read Time = 6 mins

काठमाडौं । साहित्यकार तथा वरिष्ठ पत्रकार गोपालप्रसाद थपलियाको कृति ‘सत्ताको मान्छे’ कविता संग्रहको अन्तरक्रिया गरिएको छ । काठमाडौंमा एक कार्यक्रमबीच पेरोल साहित्य प्रतिष्ठान नेपालको आयोजनामा काव्य घर नेपाल मिडिया प्रालिको सहकार्यमा अन्तरक्रिया गरिएको हो ।

प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति गंगाप्रसाद उप्रेती, साहित्यकार तथा पत्रकार पुरुषोत्तम दहाल, प्राज्ञ जगतप्रसाद उपाध्याय, प्राज्ञ हेमनाथ पौडेल, पूर्वमन्त्री देवी ओझा, लेखक गोपालप्रसाद थपलिया, प्राध्यापक डा.सावित्री कक्षपति, सुशीला थपलिया, डा.हरिप्रसाद सिलवाल, पेरोल साहित्य प्रतिष्ठानका अध्यक्ष रेणुका भट्टराईले संयुक्तरूपमा ब्यानर पढेर कार्यक्रमको उद्घाटन गर्नुभएको थियो ।

वैरागी जेठाले स्वागत मन्तव्य गरेर सुरु भएको कार्यक्रममा पुरुषोत्तम दहाल, देवी ओझा, प्राज्ञद्वय जगतप्रसाद उपाध्याय र हेमनाथ पौडेललगायतले कृतिको चर्चापरिचर्चा तथा बधाई शुभकामना मन्तव्य राख्नुभएको थियो भने साहित्यकार पत्रकार सरस्वती गौतमले धन्यवाद मन्तव्य राख्नु भएको थियो ।

कविता कृतिमाथिको समालोचना समालोचक प्राध्यापक डा.सावित्री कक्षपती र डा.हरिप्रसाद सिलवालले बृहतरूपमा प्रस्तुत गर्नुभएको थियो । सत्ता नपाउञ्जेल आकाशको तारा झार्छु भन्नेहरूले सत्तामा पुगेपछि बिगत बिर्सेका उदाहरणसमेत पेश गर्दै ‘सत्ताको मान्छे’ कृतिको समालोचना प्रस्तुत गर्नुभएको थियो ।

साहित्यकार तथा पत्रकार राजकुमार खड्गाले सञ्चालन गर्नु भएको कार्यक्रममा कृतिका लेखकले थपलियाले आफूले देशमा परिवर्तनको निम्ति ठूलो योगदान गरेको तर सत्तामा पुगेकाहरूले आफ्नो त्यो योगदानलाई लत्याएको गुनासो पोख्नुभएको थियो । उहाँले पत्रकारिताबाट देशमा लोकतन्त्र ल्याउनका लागि आफूले धेरै संघर्ष गरेको र त्यसैबाट साहित्य जोड्दै जाँदा कृति जन्मिएको र अरू थप कृतिको समेत तयारी रहेकोे जानकारी गराउनुभयो ।

कार्यक्रमका प्रमुख अतिथि पूर्वकुलपति गंगाप्रसाद उप्रेतीले सत्ताको मान्छे कविता कृति आफैंमा सफल कृति रहेको र गोपालप्रसाद थपलिया नेपाली पत्रकारिता इतिहासको एउटा जिउँदो खम्बा रहेको धारणा राख्नुभयो । आयोजक संस्थाको समेत प्रशंसा गर्दै प्रमुख अतिथि उप्रेतीले नेपाल प्रज्ञा प्रतिष्ठानले अघिल्लो आफ्नो कार्यकालमा भएका राम्रा कामको अस्तित्व नामेट गर्न वर्तमान प्रज्ञा प्रतिष्ठान समिति रहेकोे गुनासो र चिन्ता पनि व्यक्त गर्नुभयो । वर्तमान अवस्थामा सत्ताको मान्छे कविता कृति एउटा दर्शनको दस्तावेजसमेत रहेको उहाँको दाबी थियो ।

पेरोल साहित्य प्रतिष्ठान नेपालका अध्यक्ष रेणुका भट्टराईले मकालु प्रकाशन गृहले प्रकाशन गरेको महत्वपूर्ण कृति सत्ताको मान्छे कविता संग्रहको अन्तरक्रिया तथा परिचर्चा कार्यक्रम गराउन पाएकोमा प्रकाशन संस्थालाई धन्यवाद व्यक्त गर्नुभएको थियो ।

पेरोल साहित्य प्रतिष्ठान नेपालका अध्यक्ष रेणुका भट्टराईको सभापतित्वमा भएको कार्यक्रममा स्रष्टाहरू पुष्कर लोहनी, प्राध्यापक डा.गोविन्द गुरागाईं, वैरागी जेठा, हरिप्रसाद सिलवाल, प्रकाश सिलवाल, नन्दबहादुर सुवेदी, प्रेमराज सुवेदी, युुवराज सुवेदी, दिनेश शिवाकोटी, करूण अर्याल, खोलाघरे साहिँलो, राजनप्रसाद न्यौपाने, सरस्वती गौतम, मणिराज सिंह, महेशप्रसाद रिजाल, सुरेश वैद्य, इन्द्रप्रसाद लामिछाने, पुुष्कर लोहनी, छिन्नलता खत्री, सीता दाहाल, राकुम रिमाल, राजु निरौला, पुष्करराज भट्ट, गोपालकृष्ण खरेल, इन्दु पन्त, लक्ष्मी गुरागाईं, हरिकला उप्रेती, भीम उप्रेती, कृष्णकुमार लामिछाने, डा.गोविन्द गुरागाईं, राम मण्डल, पर्वत भट्टराई, घनश्याम पुडासैनीलगायत साहित्यिक व्यक्तित्वहरूको गरिमामय उपस्थिति थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?