सिएनआईको वरिष्ठ उपाध्यक्षमा अग्रवाल

Read Time = 1 min

काठमाडौं । नेपाल उद्योग परिसंघ(सिएनआई)को वरिष्ठ उपाध्यक्षमा राजेशकुमार अग्रवाल चयन हुनुभएको छ । सिएनआईको गभर्निङ काउन्सिल समितिले विधानअनुरूप अग्रवाललाई वरिष्ठ उपाध्यक्षमा चयन गरेको हो ।

आगामी वार्षिक साधारणसभापछि अग्रवाल स्वतः अध्यक्ष बन्नुहुनेछ । विधानअनुसार वरिष्ठ उपाध्यक्ष नयाँ कार्यकालका लागि स्वतः अध्यक्ष हुने व्यवस्था छ ।

डेढ दशकदेखि सिएनआईको राष्ट्रिय परिषद् सदस्य, उद्योग समिति सभापति, राजस्व समिति सभापति एवं विभिन्न समितिमा रहेर काम गरिसक्नुभएका अग्रवाल रोजगारदाता परिषद् संयोजक भई २०७४ देखि सिएनआईको उपाध्यक्ष रहनुभएको छ ।

काठमाडौंमा जन्मनुभएका अग्रवाल सन् १९९२ देखि उद्योग क्षेत्रमा हुनुहुन्छ । आरएमसी गु्रपका कार्यकारी निर्देशकसमेत रहनुभएका अग्रवाल सिमेन्ट, स्टिल, खाद्यलगायतका क्षेत्रमा आबद्ध हुनुहुन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?