विपन्न बालबालिकाका अभिभावकलाई बाख्रा वितरण

प्रकाश मैनाली सर्लाही, संवाददाता
Read Time = 2 mins

सर्लाही । सर्लाहीको हरिपुरमा रहेको ग्रामीण नारी उत्थान संघले बाख्रा वितरण गरेको छ । शुक्रबार एक कार्यक्रमको बीच बाख्रा बितरण गरिएको संस्थाले जनाएको छ ।

यस संस्थाले सर्लाहीको ईश्वरपुर २ को १५ घर परिवारलाई बाख्रा बितरण गरेको संस्थाका उपाध्यक्ष बिष्णु चालीसेले जानकारि दिनुभयो ।आर्थिक रुपले बिपन्न र घरमा स्कुले बालबालिका भएको घर परिवारका अभिभावकको आर्थिक अवस्था मजबुत बनाउन तथा स्वास्थ आहारबिहारमा सहयोग पुगोस् भन्ने उद्धेश्यले बाख्रा वितरण गरिएको हो । संस्थाले संचालन गरिरहेको समुन्नति परियोजना अन्तर्गत जिबिकोपार्जन कार्यक्रम अन्तर्गत बोयर जातको बाख्रा वितरण गरिएको संस्थाकी फिल्ड अधिकृत अंकिता घिमिरेले जानकारी दिनु भयो । बिधार्थी भर्ना अभियान संचालनको पूर्व संध्यामा बाख्रा पाउँदा अभिभावक खुसी भएका छन् ।

यस परियोजना मार्फत मुसहर, माझीलगायतका अति बिपन्न १५ परिवारको एउटा समुह बनाएर उनीहरुलाई प्रतिपरिबार दुई बाख्रा र पुरै समुहको लागि एउटा ब्याडे बोका बितरण गरिएको सस्थाले जनाएको छ ।

बिपन्न परिवारको आर्थिक अवस्था उकास्न उनीहरुको बच्चाले समेत स्कुल जान पाउनुको साथै जिबिकोपार्जनमा समेत मद्धत पुग्ने संस्थाका कार्यकारी निर्देशक आनन्दप्रकाश धामीले बताउनुभयो । बाख्रा बितरण कार्यक्रममा ईश्वरपुर नगर उपप्रमुख रन्जिता कुमारी चौधरी समेतको उपस्थिति रहेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?