स्पेन र स्वीट्जरल्यान्डको विजयी सुरुवात

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं। स्पेन र स्वीट्जरल्यान्डले युरोकप सन् २०२४ को छनोट खेलमा विजयी सुरुवात गरेका छन् । स्पेनले घरेलु मैदानमा नर्वेलाई ३-० गोलले पराजित गरेको हो ।

स्पेनका जोसेलुले दुई तथा ड्यानी ओल्मोले एक गोल गरे । जितसँगै स्पेनले युरो छनोटको समूह ‘ए’ मा ३ अंक जोडेको छ । यही समूहको अर्को खेलमा स्कटल्यान्डले साइप्रसलाई ३-० गोलले पराजित गरी ३ अंक जोडेको छ ।

त्यस्तै स्वीट्जरल्यान्डले बेलारुसलाई ५-० गोलको फराकिलो अन्तरले हराएको छ । शनिबार राति भएको खेलमा स्वीट्जरल्यान्डका रेनाटो स्टेफेनले २९ मिनेटभित्रै ह्याट्रिक पूरा गरेका थिए ।

ग्रानिट झाँका र जेकी एमडोउनीले समान एकरएक गोल गरे । जितसँगै स्वीट्जरल्यान्डले समूह ‘आई’ मा ३ अंक जोडेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?