पायोनियर मोटो कर्पको निशान सुरक्षा प्याकेज

Read Time = 2 mins

काठमाडौं । पायोनियर मोटो कर्पले आफ्ना निशान गाडीका ग्राहकका लागि ‘निशान सुरक्षा’ प्याकेज प्रस्तुत गरेको छ, जुन निशान किक्स र निशान म्याग्नाइट गाडीमा लागू गरिएको आफ्टर-सेल्स सेवा हो ।

यो योजना हाल निशान गाडी प्रयोगकर्तालाई एक अद्वितीय र कम खर्चिलो आफ्टर-सेल्स प्याकेज हो, जसले झन्झटमुक्त मर्मतसम्भारको सुविधा सुनिश्चित गर्छ । पायोनियर मोटो कर्पले ग्राहकको गाडी उचितरूपले जाँच गर्ने उपकरण, जेनुइन स्पेयर पार्ट्स र प्राविधिक ज्ञान भएका मेकानिकबाटै सेवा प्रदान गर्ने कुरा सुनिश्चित गर्ने कम्पनीको दाबी छ ।

यो प्याकेज गोल्ड र सिल्भर गरी दुई भागमा बाँडिएको छ । सिल्भर प्याकेजमा निःशुल्क इन्जिन आयल, आयल फिल्टर, ड्रेन प्लग, एयर फिल्टरलगायत समावेश छन् भने गोल्ड प्याकेजमा सिल्भर प्याकेजका सबै सुविधाका साथै हिृवल अलाइनमेन्ट र ब्यालेन्सिङ, ब्याट्री टर्मिनल ग्रिसिङ, कुलेन्टलगायतका सेवा रहेका छन् । दुवै प्याकेजमा निःशुल्क २४ घण्टे रोड साइड असिस्टेन्स पनि समावेश छ । साथै पाटर््स र शुल्कमा पनि १० प्रतिशतसम्मको छुट रहेको छ

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?