‘लाइभस्टक मास्टर प्लान’ का लागि कार्यशाला

Read Time = 3 mins

ललितपुर । सरकारले समग्र पशुधन प्रवद्र्धनका लागि नेपाल लाइभस्टक मास्टर प्लान तर्जुमा गर्ने भएको छ । कृषि पशुपक्षी विकास मन्त्रालयका (पशुपक्षी विकास) सचिव डा. दीपककुमार खरालले समग्र लाइभस्टक क्षेत्रको विकास, विस्तार प्रवद्र्धनका लागि मास्टर प्लान निर्माणका क्रममा रहेको बताउनुभएको हो ।

लाइफस्टकसँग सम्बन्धित अन्तर्राष्ट्रिय संस्था इन्टरनेसनल लाइभस्टक रिसर्च इन्ष्टिच्युट(इलरी)को सहयोगमा मन्त्रालयले आइतबारदेखि सुरु गरेको सो सम्बन्धी तीनदिने कार्यशालामा बोल्दै उहाँले लाइभस्टक मास्टर प्लानको विगतदेखि नै तयारी रहेको भए पनि मूर्तरूप लिन नसकेको बताउनुभयो । अब भने कार्यक्रमलाई मूर्तरूप दिने गरी काम अघि बढाइने सचिव खरालको भनाइ थियो ।

उहाँले भन्नुभयो, ‘त्यसो त केही वर्षअघि लाइभस्टक मास्टर प्लानको ड्राफ्ट बनेको थियो तर फाइनल भएको छैन, अब अगाडि बढाउनुपर्छ, यो नेपालको पशुपालन क्षेत्रमै महत्वपूर्ण कार्यक्रम हो ।’ मास्टर प्लानअन्तर्गत नश्ल सुधार, आहार, रोगव्याधी नियन्त्रण, अनुसन्धान र प्रविधि विकासमा जोड दिनुपर्ने उहाँले बताउनुभयो । पशु सेवा विभागकी महानिर्देशक डा. सम्झनाकुमारी काफ्ले पाण्डेले तीनदिने कार्यशालाबाट मास्टर प्लानको आधार तय गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । लाइभस्टक क्षेत्रमा इलरीसँगको सहकार्यको चर्चा गर्दै उहाँले पछिल्लो समय इलरीको कार्यालय नेपालमै स्थापना भएकाले सहकार्यका लागि थप सहज भएको बताउनुभयो ।

महानिर्देशक पाण्डेले भन्नुभयो, ‘इलरीसँग विगत लामो समयदेखि सहकार्य छ, खासगरी भैंसी संरक्षण र नश्ल सुधारका काम भइरहेका छन् । तालिमहरू पनि सञ्चालन भएका छन् । यसलाई अझै प्रभावकारी बनाउँदै लैजानुपर्ने आवश्यकता छ ।’ कार्यक्रममा लाइभस्टकसँग सम्बन्धित विभिन्न सरकारी र निजी क्षेत्र विज्ञ तथा व्यवसायीको सहभागिता रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?