विश्वकप खेल्ने अर्जेन्टिनी टोली कतारमा

Read Time = 1 min
A A- A+

काठमाडौं । फिफा विश्वकप २०२२ मा सहभागिता जनाउन अर्जेन्टिनी टोली कतार पुगेको छ । लियोनल मेस्सीको कप्तानीमा रहेको टोली सोमबार कतारको दोहा पुगेको हो । विश्वकपको उपाधि दाबेदार टोलीका रूपमा लिइएको अर्जेन्टिना समूह ‘सी’ मा रहेको छ । यस समूहमा अर्जेन्टिनासँगै मेक्सिको, पोल्याण्ड, साउदी अरब रहेका छन् ।

अर्जेन्टिनाले मंसिर ६ गते साउदी अरबसँग खेल्दै विश्वकपको औपचारिक सुरुवात गर्नेछ । अर्जेन्टिनाले यसअघि सन् १९७८ र सन् १९८६ को विश्वकप जितेको थियो । ‘यो पटक एउटा उपाधि थपेर जाने मन छ,’ उहाँले पटक–पटक यो कुरा सार्वजनिकरूपमै दोहो¥याउँदै आउनुभएको छ । ३५ वर्षीय मेस्सीका लागि यो अन्तिम विश्वकप हुने बताइएको छ । कतार विश्वकपका लागि अर्जेन्टिनाले गत शुक्रबारमात्र मेस्सीको कप्तानीमा २६ सदस्यीय खेलाडी टोलीको घोषणा गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?