गाडीका अवैध पार्टसको कारोबारमा कडाइ

Read Time = 2 mins

काठमाडौं । विभिन्न नाकाबाट अवैधरूपमा गाडीका नक्कली पार्टपूर्जा भित्र्याइएको भन्दै प्रहरीले खोजी कार्यलाई तीव्रता दिएको छ । सोही क्रममा टाटाका अवैध पार्ट्सको कारोबार गर्ने जडीबुटीस्थित न्यु थ्याङ्क्यु स्टोरका सञ्चालक कुमार श्रेष्ठ, खुलालटार साखुस्थित माँ सलम्बुदेवी अटो स्पेयरका सञ्चालक विनोद कार्की र पोखरास्थित स्टार अटो पार्ट्सका सञ्चालक सतिश शाक्य, सुनसरीस्थित पूजा ट्रेडर्सका सञ्चालक देवनारायण साह, विराटनगरस्थित नमस्ते ट्रेडर्सका सञ्चालक जीवन पोखरेल र विराटनगरकै मनोकामना इन्टरनेसनलका सञ्चालक धु्रव सिंह चौहानलगायतलाई सम्बन्धित निकायमा उपस्थित गराई आगामी दिनमा यस्ता कार्यमा संलग्न नहुन सचेत गराई पठाएको सिप्रदी टे«डिङ कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार यस्ता पार्टपूर्जा प्रयोगले गाडीहरू अप्रत्याशित दुर्घटना भई जनधनको क्षति हुने सम्भावनाका साथै राजस्वको ठूलो हिस्सा गुमिरहेको छ । वैधानिकरूपमा कारोबार गर्ने व्यवसायी पनि प्रत्यक्षरूपमा प्रभावित भई व्यवसायबाट पलायन हुने अवस्थामा पुगेका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?