राप्रपाले तीनवटै निर्वाचन क्षेत्रमा उम्मेदवार उठाउने

हिमालय टाइम्स

फाइल तस्बिर

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आगामी वैशाख १० गते हुने उपनिर्वाचनमा तीनवटै क्षेत्रमा उम्मेदवार उठाउने भएको छ ।

सोमबार बसेको राप्रपाको पदाधिकारी बैठकले तनहुँ–१, बारा–२ र चितवन–२ मा हुने उपनिर्वाचनमा आफ्ना उम्मेदवार उठाउने निर्णय गरेको हो । बैठकले ती निर्वाचन क्षेत्रमा पार्टीको कमाण्डर पनि तोकेको छ ।

चितवन–२ मा नेता विक्रम पाण्डे, तनहुँ–१ मा नीलकण्ठ काफ्ले र बारा–२ मा बुद्धिमान तामाङलाई कमाण्डर तोकिएको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिनुभयो ।

श्रेष्ठका अनुसार कमाण्डरहरूले आवश्यक छलफल गरेर उम्मेदवारबारे निर्णय लिने छन् । उपनिर्वाचनका लागि चैत २० गते मनोनयन दर्ताको समय तोकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?