एमाले संसदीय दलको बैठकः प्रभावकारी रुपमा प्रस्तुत हुन सांसदहरुलाई निर्देशन

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । नेकपा एमालेको संसदीय दलको बैठकले बजेट अधिवेशनमा पार्टीका सांसदहरुलाई प्रभावकारी रुपमा प्रस्तुत हुन निर्देशन दिएको छ ।

आईतवार बानेश्वरमा बसेको पार्टीको संसदीय दलको बैठकले बजेट अधिवेशनमा प्रभावकारी रुपमा प्रस्तुत हुन पार्टीका सांसदहरुलाई निर्देशन दिएको हो ।

बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै पार्टीका सचिव योगेशकुमार भट्टराईले विषयवस्तु अध्ययन गरी तथ्य र प्रमाणका आधारमा बोल्न पनि सांसदहरुलाई आग्रह गरिएको बताउनु भयो । उहाँले नेपाली जनताले भोगिरहेको समस्याहरु, बेरोजगारी, महंगीको समस्यामा प्रभावकारी रुपमा काम गर्ने र सशक्त प्रतिपक्षीको रुपमा संसदमा प्रश्तुत हुने निर्णय बैठकमा भएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘संसदीय दलले आउने अधिवेशन आजबाट जुन शुरु भएको छ, यो अधिवेशनमा हाम्रा दलका सम्पूर्ण साथीहरुलाई प्रभावकारी रुपमा प्रश्तुत हुने, विषयवस्तु अध्ययन गर्ने, तथ्य र प्रमाणका आधारमा बोल्ने र सरकारबाट आउने प्रश्तावहरु ठिक छन् छैनन् भन्नेकुराको अध्ययन गरी आवश्यक्ता अनुसार प्रतिवाद गर्ने, नेपाली जनताले भोगिरहेको समस्याहरु, बेरोजगारी, महंगीको समस्यामा प्रभावकारी रुपमा काम गर्ने र सशक्त प्रतिपक्षीको रुपमा संसदमा प्रश्तुत हुने निर्णय भएको छ ।’

सचिव भट्टराईले सरकारबाट आउने प्रश्तावका बारेमा अध्ययन गरी संसदमा प्रश्तुत हुन आग्रह गरिएको पनि बताउनु भयो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?