नेसनल बायोटेकले सेयर जारी गर्ने

Read Time = 1 min

काठमाडौं । नेसनल बायोटेकले सेयर जारी गर्ने भएको छ । नेसनल बायोटेकले एनआइबिएल एस क्यापिटलसँग सम्झौता गरेको छ । सम्झौतामा एनआइबिएल एस क्यापिटलका नायब महाप्रबन्धक सचिन्द्र ढुंगाना तथा नेसनल बायोटेकका अधिकृत नुरविन्द्रविक्रम सिजापतीले हस्ताक्षर गर्नुभएको हो ।

सम्झौतामा एनआइबिएल एस क्यापिटलले नेसनल बायोटेकलाई सर्वसाधारण सेयर निष्कासनपूर्व कम्पनीले गर्नुपर्ने पूर्वतयारीसम्बन्धी सम्पूर्ण कार्यमा मध्यस्थता तथा परामर्श सेवा प्रदान गर्नेछ ।

जसअन्तर्गत एनआइबिएल एस क्यापिटलले प्राइभेट कम्पनीलाई पब्लिक कम्पनी रूपान्तरणमा मध्यस्थता गर्नेछ । नेसनल बायोटेकले जैविक मल दानेदाररूपमा उत्पादन गर्छ । कम्पनीले पशु-आधारित जैविक मल, कृषि आपूर्ति, पशु र बोटबिरुवामा आधारित जैविक मल प्रदान गर्दै आएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?