चन्द्रमाको सतहमुनि करोडौं लिटर पानी फेला पारेको चिनियाँ वैज्ञानिकको दाबी

Read Time = 3 mins

एजेन्सी । चिनियाँ वैज्ञानिकहरूले चन्द्रमाको सतहमुनि करोडौं लिटर पानी फेला पारेको दाबी गरेका छन् । उनीहरूको दाबीमा अचम्मको कुरा यो छ कि यो पानी काँचको मोतीमा बन्द अवस्थामा छ । यसको मतलब यति धेरै लिटर पानी लुकाउन करोडौं मोतीहरू छन् । त्यो पनि काँचको । चिनियाँ वैज्ञानिकहरूले भनेका छन् कि यी काँचको मोती वा सानो गोलाभित्र पानी लुकेको छ ।

सिजीटीएनको रिपोर्ट अनुसार चीनको अन्तरिक्ष एजेन्सीले चन्द्रमाको सतहको नमुना ल्याउन चाङ ५ रोभर मिसन पठाएको थियो । मिसन सफल भयो । रोभरले डिसेम्बर २०२० मा माटोको नमुना लिएको थियो । त्यो लिएर रोभर पृथ्वीमा फर्कियो । माटोको नमुना जाँच गर्दा त्यसमा माइक्रोस्कोपिक काँचको मोती रहेको पाइयो । यी मोतीभित्र पानीको प्रमाण छ । किनभने यी काँचका मोतीहरू विभिन्न धातु पग्लिएर बनेका छन् ।

चाइनिज एकेडेमी अफ साइन्सेसका भूभौतिकशास्त्री हु सेनले भन्नुभएको छ, ‘यी काँचका मोतीहरूबाहेक चन्द्रमामा धेरै वायुविहीन पिण्डहरू छन् । जसमा हावा हुँदैन भन्ने कुराको अर्थ हुन्छ । तर, सूर्यको प्रकाशमा पर्दा तिनीहरूले पानी उत्पादन गर्न सक्छन् । हामी समान चीजहरू खोजिरहेका छौं । ताकि भविष्यमा अन्तरिक्ष यात्रीहरूलाई चन्द्रमामा पानीको कमी महसुस नहोस् ।’

सौर्यमण्डलको पाँचौं ठूलो उपग्रह चन्द्रमा पृथ्वीको सबैभन्दा नजिक छ । नासाका अनुसार चन्द्रमा पृथ्वीबाट करिब तीन लाख ८४ हजार ३९८ किलोमिटरको दूरीमा छ । यसको धरातल असमथल छ । यसको व्यास तीन हजार ४७६ किलोमिटर छ । यसको परिक्रमा पथ दीर्घ वृत्ताकार छ । सूर्यबाट परावर्तित यसको प्रकाश पृथ्वीसम्म आइपुग्न १.३ सेकेण्ड लाग्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?