जोखिम नलिएसम्म कोहि पनि अगाडि बढ्न सक्दैन : डा. सिके राउत

अनिल पोखरेल सप्तरी, संवाददाता
Read Time = 3 mins

राजबिराज । जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले जोखिम नलिएसम्म कोही पनि अगाडि बढ्न नसक्ने बताउनु भएको छ ।

रामनवमीको अवसरमा भारदहस्थित राजधोव समुदायका लखाय बाबा मन्दिरको उद्घाटन गर्दै अध्यक्ष राउतले यस्तो बताउनु भएको हो ।

प्रतिनिधि सभा सदस्य समेत रहनुभएका अध्यक्ष राउतले आज भोलि सबै आफ्ना छोराछोरीलाई डाक्टर, इन्जिनियर मात्र बनाउन खोज्ने गरेकोले यस्ता प्रवृत्तिबाट समाजको विकास हुन नसक्ने बताउनु भयो ।

हाम्रो जातीय समाजको विकास तब मात्र सम्भव हुनसक्छ जव आ–आफ्नो परिवारमा जो बच्चा जे बन्न, पढ्न चाहन्छ अभिभावकले त्यसमै हौसला प्रदान गर्नु पर्ने उहाँले बताउनु भयो । उहाँले इतिहासको महत्व भएपनि सबै थोक नभएको बताउँदै विगत भन्दा पनि आजको समयमा हामी कति गर्न सक्छौँ त्यो महत्वपूर्ण हुने बताउनु भयो । राजधोव जाति अझै शिक्षामा पछाडि रहेकाले शिक्षामा बढी ध्यान दिन जरुरी रहेको अध्यक्ष राउतको भनाइ छ ।

उक्त अवसरमा अध्यक्ष राउतले रिबन काटेर लखाय बाबाको मन्दिरको शुभारम्भ समेत गर्नुभएको थियो ।

समारोहमा प्रदेश सभा सदस्य सतिश कुमार सिंह, हनुमाननगर कंकालिनी नगरपालिकाका नगरप्रमुख बिरेन्द्र माझी, राजधोग महासंघ नेपाल भारत केन्द्रीय अध्यक्ष बिखो माझी, जातीय मैनजन रघुराज मण्डल, मन्दिर निर्माण समिति अध्यक्ष कपलेश्वर माझी, भारदहका थानपति सहदेव मरर, नेपाल पत्रकार महासंघ सप्तरी पूर्व अध्यक्ष जितेन्द्र खड्गा लगायतले शुभकामना मन्तव्य दिनुभएको थियो ।

लखाय बाबा मन्दिर उद्घाटन कार्यक्रममा नेपाल र भारतबाट राजधोव स्वजातिय सङ्गठनहरूका मैनजन, थानपति तथा सर्वसाधारणको उल्लेख्य सहभागिता रहेको आयोजक समितिका राजकुमार गाईमले जानकारी दिनुभयो ।

वर्षौँको प्रतीक्षापछि भारदह स्थित कङ्कालिनी मन्दिर छेउमा लखाय बाबाको मन्दिर राजधोव समुदायका ब्यक्तिहरूको आर्थिक सहयोगमा निर्माण गरेर मूर्ति स्थापना भएको छ ।

यसअघि आजै बिहान स्वजातिय महिलाहरूले कोसी ब्यारेजबाट कलश भरेर मन्दिरसम्मको पदयात्रा गरेका थिए ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?