नयाँ बाल अस्पतालका लागि डाबरको ३० लाख सहयोग

Read Time = 2 mins

काठमाडौं । सँगै बनाऊँ, स्वस्थ नेपाल अभियानअन्तर्गत डाबर नेपालले ३० लाख काठमाडौं इन्ष्टिच्युट अफ चाइल्ड हेल्थलाई तीस लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ । डाबर नेपालले उक्त संस्थासँग सम्झौता पनि गरेको छ । जसले नेपालमा गुणस्तरीय बाल उपचार सेवा उपलब्ध गराउने र नेपालको स्वास्थ्य पूर्वाधार विस्तार गर्ने कम्पनीको निरन्तर प्रयासमा सेवा गर्छ ।

नेपालको स्वास्थ्य पूर्वाधारको विकासमा सहयोग पुर्‍याउने उद्देश्यले डाबर नेपालले नेपालमा गुणस्तरीय बाल चिकित्सा हेरचाह उपलब्ध गराउन उक्त सहयोग प्रदान गरिएको कम्पनीले जनाएको छ ।

उक्त रकम डाबर नेपालकी अध्यक्ष तथा प्रबन्ध निर्देशक ईश्वरी राणा, डाबर नेपाल र म्यान्मारका बिजनेस हेड एचएस वेदीले डाबर नेपाल काठमाडौंलाई एक कार्यक्रमबीच उक्त स्वास्थ्य संस्थाका संस्थापक अध्यक्ष डा. भगवान् कोइरालालाई हस्तान्तरण गर्नुभएको हो । सो अवसरमा कम्पनीका एचआर हेड अनिल पुरी, एडमिन कन्सल्ट्यान्ट मन्दार शिखर बेनर्जीको पनि उपस्थिति रहेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?