दुईवटा रेल एकआपसमा ठोक्किंदा ग्रिसमा १६ जनाको मृत्यु

हिमालय टाइम्स
Read Time = 1 min

ग्रिस । ग्रिसको उत्तर क्षेत्रमा दुईवटा रेल एकआपसमा ठोक्किंदा कम्तिमा १६ जनाको मृत्यु भएको छ ।

मंगलबार बेलुका लारिसा सहर नजिकै यात्रुबाहक रेल र मालबाहक रेल ठोक्किदा १६ जनाको मृत्यु भएको हो । दुर्घटनामा ८६ जना घाइते भएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ ।

घाइतेमध्ये २५ जनाको अवस्था गम्भीर रहेको छ । रेल ठोक्किएपछि डिब्बाहरु उछुट्टिएका थिए र तीनवटा डब्बामा आगो लागेको थियो । रेल ठोक्किनुको कारण खुलेको छैन ।

आगो निभाउन दमकलसहित अग्नि नियन्त्रक र स्वास्थ्यकर्मीहरुको टोली खटिएका थिए । उद्धारका लागि लारिसा क्षेत्रका दुईवटा अस्पतालबाट स्वास्थ्यकर्मीहरुलाई खटाइएको र सेनाको पनि सहयोग मागिएको अधिकारीहरूले बताएका छन् । एजेन्सी

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?