महोत्तरीमा गाँजासहित एक जना पक्राउ

हिमालय टाइम्स
Read Time = 1 min

महोत्तरी । लागुऔषध गाँजासहित महोत्तरीमा एक जना पक्राउ परेका छन् ।

४ केजी ५ सय ग्राम गाँजा र सुकिनसकेको ६० वटा गाँजाका बोटसहित जिल्लाको एकडारा गाउँपालिका वडा नं. ५ बस्ने नवल किशोर मण्डललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

बुधबार बेलुका मण्डलकै घरवाट उक्त गाँजा फेला पारेर उनलाई पक्राउ गरिएको प्रहरी नायव उपरिक्षक प्रकाश पोखरेलले जानकारी दिनुभयो ।

मण्डललाई प्रहरीले जिल्ला अदालत महोत्तरीबाट १० दिनको म्याद थप गरी थप अनुसन्धान प्रक्रियालाई अगाडि वढाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?