हायसको ठक्करबाट नौ बर्षिया बालिकाको मृत्यु

सांकेतिक तस्बिर

हिमालय टाइम्स
Read Time = 1 min

सिन्धुली । हायसको ठक्करबाट सिन्धुलीमा विहिबार नौ बर्षिया बालिकाको मृत्यु भएको छ । तीनपाटन गाउँपालिका–११ का कमल तामाङको छोरी ममता तामाङको मृत्यु भएको हो ।

काठमाडौँबाट काकडभिट्टातर्फ जाने क्रममा बिपि राजमार्ग अन्तर्गत रहेकोे कमलामाई नगरपालिका–७ माझिटारमा हायसले पैदल यात्री बालिकालाई सडक क्रस गर्दा ठक्कर दिएको थियो ।

हायसको ठक्करबाट गम्भिर घाईते भएकी बालिकाको सिन्धुली अस्पतालमा उपचारको क्रममा १२ः३५ डाक्टरले मृत्यु भएको घोषणा गरेका हुन् ।
बालिकालाई ठक्कर दिइने बा ४ ख ६२७३ नम्बरको हायस प्रहरी कार्यलय सिन्धुलीको नियन्त्रणमा रहेको प्रहरी नायव उपरिक्षक चिरन्जीवी दाहालले जानकारी दिनुभयो ।

उहाँकाअनुसार फरार रहेका सवारी चालकको खोजी कार्य भइरहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?