सुदूरपश्चिम प्रदेश सरकारमा अस्थिरताको संकेत, माओवादीले खोज्यो आलोपालो नेतृत्व

हिमालय टाइम्स
Read Time = 3 mins

धनगढी । सुदूरपश्चिम प्रदेश सरकार अस्थित बन्ने संकेत देखिएको छ ।

नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिएसँगै यसअघि एमाले नेतृत्वको सरकार ढलेको थियो । माआवोदी केन्द्रका ११, नेकपा एमालेका १० , नागरिक उन्मुक्ती पार्टीका ७ र राप्रपाका १ गरि २९ प्रदेश सभा सदस्यको समर्थन जुटाएर गत पुस २७ गते नेकपा एमालेका संसदीय दलका नेता राजेन्द्र सिंह रावल मुख्यमन्त्रीका नियुक्त हुनु भएको थियो ।

मुख्यमन्त्री बन्दा समर्थन गरेको नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिएपछि माघ २६ गते एमाले नेतृत्वमा बनेको रावल नेतृत्वको सरकार ढलेको थियो ।

रावलले विश्वासको मत पाउन नसकेपछि संविधानको धारा १६८ को उपधारा ३ बमोजिम ठूलो दलको हैसियतमा कांग्रेस प्रदेश संसदीय दलका नेता कमलबहादुर शाह मुख्यमन्त्री बन्नुभएको थियो ।

मुख्यमन्त्री शाहले फागुन २१ गते (भोलि) विश्वासको मत लिने तयारी थालेसँगै फेरि माओवादी केन्द्रको सुदूरपश्चिम प्रदेश संसदीय दलले यथास्थितिमा शाहलाई विश्वासको मत दिन नसक्ने बताएको छ।

माओवादीको सुदूरपश्चिम प्रदेश संसदीय दलले यथास्थितिमा मुख्यमन्त्री शाहलाई विश्वासको मत दिन नसक्ने निर्णय गरेको हाे ।

शनिबार बसेको संसदीय दलको बैठकले कांग्रेसले संवादको वातावरण नबनाएको र मुख्यमन्त्रीमा आलोपालोको विषयमा कुनै कुराकानी नभएको भन्दै यथास्थितिमा मुख्यमन्त्री शाहलाई विश्वासको मत दिन नसक्ने निर्णय गरेको छ ।

सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्री रावललाई विश्वासको मत नदिएको नागरिक उन्मुक्ति पार्टीले भने कांग्रेस नेतृतत्वको सरकारलाई विश्वासको मत दिने संकेत गरेको छ । नागरिक उन्मुक्ति र माओवादी दुवैले विश्वासको मत नदिए एमालेको साथ लिनु पर्ने देखिन्छ त्यो तत्काल सम्भव नहुनसक्छ । यतिबेला सरकार नै संकटमा पर्छ ।

सुदूरपश्चिममा मुख्यमन्त्रीलाई नेपाली काग्रेस, नेकपा माओबादी केन्द्र, नेकपा एकिकृत समाजबादी पार्टीसँग ३४ प्रदेशसभा सदस्य छन् । तर, माओवादीले विश्वासको मत नदिएको खण्डमा मुख्यमन्त्री शाहको सरकार ढल्नसक्छ ।

प्रदेशमा मुख्यमन्त्रीले विश्वासको मत पाउनका लागि २७ प्रदेश सभा सदस्यको समर्थन आवश्यक पर्ने छ । प्रदेश सभामा ५३ सदस्य छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?