काभ्रेपलाञ्चोक र अछाममा गयो दुई छुट्टाछुट्टै भूकम्प

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । काभ्रेपलाञ्चोक र अछामलाई केन्द्रविन्दु बनाएर आइतबार (आज) बिहान दुईवटा भूकम्प गएको छ।

काभ्रेपलाञ्चोक केन्द्रबिन्दु भएर आज बिहानै भूकम्प गएको हो । बिहान ८ बजेर तीन मिनेट जाँदा ४.३ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

भूकम्पको धक्का काभ्रेसहित आसपासका जिल्लामा पनि महसुस गरिएको थियो।

यसैगरी आज बिहान ८ बजेर ३५ मिनेटमा अछामलाई केन्द्रविन्दु बनाएर ४.४ म्याग्नेच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रमा रेकर्ड भएको छ।

आइतबार बिहान एकै  समयमा दुई भूकम्पको धक्का महसुस गरिएपनि भूकम्पका कारण भएको क्षतिबारे भने कुनै जानकारी प्राप्त भएको छैन ।

यसअघि चार दिन अघि फागुन १७ गते ताप्लेजुङलाई केन्द्र बनाएर ४ रेक्टर स्केलको भूकम्प गएको थियो।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?