पूर्वविद्यार्थी समाजले बनाइदियो ई-लाइब्रेरी भवन

निरोज कोइराला भोजपुर, संवाददाता
Read Time = 1 min

भोजपुर । भोजपुरको पूर्वी अरुण गाउँपालिकाको केन्द्र प्याउलीमा रहेको शारदा माविमा बनेको ई–लाइब्रेरी भवनको उद्घाटनसँगै हस्तान्तरण गरिएको छ । विद्यालयमा अध्ययतरत पूर्वविद्यार्थी समाजको सहयोगमा भवन निर्माण भएको हो ।

भवनको अरुण गाउँपालिकाका अध्यक्ष शालिकराम खत्री र पूर्वविद्यार्थी समाजका अध्यक्ष दीपकराज सापकोटाले संयुक्तरूपमा आइतबार एक कार्यक्रमबीच उद्घाटन गर्नुभयो । विद्यालयमा अध्ययरत पूर्वविद्यार्थीको सहभागितामा भवन उद्घाटनसँगै हस्तान्तरण गरिएको हो ।

विद्यालयमा ई–लाइब्रेरी सञ्चालनमा आएसँगै विद्यार्थीलाई आधुनिक प्रविधिको ज्ञान लिन सहज हुने पूर्वविद्यार्थी समाजका अध्यक्ष सापकोटाको भनाइ छ । समाजले विद्यालयका लागि आवश्यक कम्प्युटर र इन्टेरनेटको सुविधामा पहल गरिरहेको जनाएको छ । भवन बनेसँगै विद्यालयले व्यवस्थित रूपमा ई–लाइब्रेरी सञ्चालनको तयारी थालेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?