लियो क्लब अफ तनहुँद्वारा सम्मान

Read Time = 1 min

तनहुँ । लायन्स क्लब अन्तर्राष्ट्रिय ३२५एल नेपालका चिफ मेम्बरसिप टिम लायन्स सुरेन्द्र पौडेलुको प्रमुख आतिथ्यमा सम्मान कार्यक्रम सम्पन्न भएको छ । बुधबार व्यास-४ मा ११३औं नारी दिवसको अवसरमा विभिन्न व्यक्तित्वलाई सम्मान गरिएको हो ।

लियो क्लब अफ तनहुँका अध्यक्ष लियो महम्मद गफ्फरको सभापतित्वमा भएको सम्मानित कार्यक्रममा राष्ट्रिय खेल प्रशिक्षक गंगा गुरुङ, राष्ट्रिय हकी खेल खेलाडी अञ्जना चन्द रहनुभएको छ ।

कार्यक्रमको स्वागत मन्तव्य लियो आकाश खनालले राख्नुभएको थियो भने शुभकामना मन्तव्य आश्रमबाट लियो क्लब अफ तनहुँका पूर्वअध्यक्ष गणेश थापाले राख्नुभएको थियो । कार्यक्रम सञ्चालन क्लबका कोषाध्यक्ष लियो मुकेश बिडारी गर्नुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?