एनसेलको वुमन आइकन आइसिटी अवार्ड

Read Time = 1 min

काठमाडौं । महिलाहरूलाई सूचना प्रविधि क्षेत्रमा प्रोत्साहन गर्न र उनीहरूको योगदानको सम्मान गर्न एनसेलले वुमन आइकन आइसिटी अवार्ड प्रदान गर्ने भएको छ । शुक्रबार सोल्टी काठमाडौंमा आयोजना हुने आइसिटी अवार्डको ग्राण्ड फिनाले कार्यक्रममा एनसेलले उक्त अवार्ड प्रदान गर्ने भएको हो । एनसेल वुमन आइकन आइसिटी अवार्ड विजेतालाई तीन लाख नगद पुरस्कार र सम्मानपत्र प्रदान गरिने कम्पनीले जनाएको छ ।

एनसेलले विगत दुई वर्षदेखि सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा लागेका महिलालाई सम्मान र उत्प्रेरित गर्न वुमन आइकन आइसिटी अवार्ड प्रदान गर्दै आएको छ । गत वर्ष नेपालको पहिलो महिला कम्प्युटर इन्जिनियर गुणकेशरी प्रधानलाई उक्त अवार्ड प्रदान गरिएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?